पूर्व बर्दवान, 19 जुलाई (हि.स.)। पश्चिम बंगालको पूर्व बर्दवान जिल्ला अन्तर्गत कालना महकुमाको कटवा रेल सेक्शनको समुद्रगढ़ स्टेशनमा शनिवार एक जना सिभिक भोलन्टियरले एकजना युवकलाई निर्दयतापूर्वक कुटपिट गरेको मामिला सामु आएको छ। पीड़ित युवकको परिवारको आरोप छ, कुटपिट गर्दा युवकमाथि कुनै धारिलो हतियारले पनि प्रहार गरिएको छ जसले गर्दा उसको एउटा औंली काटिएर झरेको छ।
घटनालाई लिएर स्टेशन परिसरमा व्यापक तनाउ व्याप्त भएको छ। घाइते युवकलाई कालना सुपर स्पेशियलिटी अस्पतालमा भर्ती गरिएको छ भने आरोपी सिभिक भोलन्टियरलाई कड़ा सजाय दिनुपर्ने माग गर्दै स्टेशन परिसरमा स्थानीय मानिसहरूले प्रदर्शन गर्न शुरू गरेका छन्।
सूत्रानुसार शनिवार बिहान लगभग 9 बजी स्टेशन परिसरमा बसेर युवकले मोबाइल हेरिरहेको थियो। उसको घर स्टेशन संलग्न गाउँमा छ। अचानक त्यहाँ तैनाथ सिभिक भोलन्टियरले कथित रूपमा उसलाई समातेर कोठाभित्र लग्यो अनि निर्दयतापूर्वक कुटपिट गऱ्यो।
परिवारको आरोप छ, यस अवधि युवकको औंली धारिलो वस्तुले काटिएर भुइँमा झऱ्यो।अर्कोतिर जीआरपीको दाबी छ, युवकलाई बलजफ्ती तानेर लैजाँदै गर्दा उसको हात फलामको गेटसित ठोक्कियो जसले गर्दा उसको औंली काटियो।
घटनापछि क्षेत्रमा तनाउ व्याप्त भएको छ भने पुलिस र जीआरपीको टीमले स्थितिलाई सम्हालिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा