दिल्ली विश्वविद्यालयको कम्प्यूटर विज्ञान विभाग एवं सी-ड्याकले साइबर अपराध, बचाउ एवं जाँच-माथि एफडीपीको आयोजन गऱ्यो
दिल्ली विश्वविद्यालयको कम्प्यूटर विज्ञान विभाग एवं सी-ड्याकले साइबर अपराध, बचाउ एवं जाँच-माथि एफडीपीको आयोजन गऱ्यो


नयाँ दिल्ली, 19 जुलाई (हि.स.)। दिल्ली विश्वविद्यालयको कम्प्यूटर विज्ञान विभागको माध्यमबाट सेन्टर फर डेभलपमेन्ट अफ एडभान्स्ड कम्प्यूटिंग (सी-ड्याक) नोएडाको सहयोगमा गत 14-देखि 18 जुलाईसम्म साइबर अपराध, बचाउ एवं जाँच विषयमा एक पाँच दिवसीय संकाय विकास कार्यक्रम (एफडीपी)- को आयोजन गरियो। यो कार्यक्रम भारत सरकारद्वारा शुरू गरिएको सूचना सुरक्षा शिक्षा तथा जागरूकता (आईएसईए) परियोजनाको तेस्रो चरण अन्तर्गत आयोजना गरिएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा दिल्ली विश्वविद्यालयको डीयूसीसीका पूर्व निदेशक प्रो. अजय कुमार गुप्ता मुख्यातिथिको रूपमा उपस्थित थिए भने समापन सत्रमा डीयूसीसीका निदेशक तथा डीन (प्रौद्योगिकी संकाय) प्रो. सञ्जीव सिंह मुख्य अतिथिका रूपमा उपस्थित थिए।

प्रो. सञ्जीव सिंहले आफ्नो सम्बोधनमा शिक्षाको माध्यमबाट एक सुरक्षित डिजीटल पारिस्थितिकी तन्त्रलाई प्रेरित गर्नको लागि विभागीय सदस्यहरू विकसित भइरहेका साइबर तकनिकहरूसित अवगत रहने महत्वपूर्ण आवश्यकतामाथि बल दिए।

यस एफडीपीको उदेश्य साइबर सुरक्षाको उदियमान क्षेत्रहरूमा विभागीय विशेषज्ञतालाई बढ़ाउनु थियो जसमा साइबर खतराको पहिचान, रोकथाम र जाँचमाथि ध्यानकेन्द्रित गरियो। यस कार्यक्रममा प्रतियोगीहरूले अत्याधुनिक तकनिकलाई प्रयोग गरी वास्तविक दुनियाँको साइबर खतराहरूसित भिड़्ने व्यवहारिक अनुभव प्राप्त गरे।

भारत सरकारको इलेक्ट्रनिक्स औ सूचना प्रौद्योगिकी मन्त्रालयका वैज्ञानिक सुरेन्द्र सिह एवं दिल्ली विश्वविद्यालयकी संयुक्त रजिस्ट्रार, मीनाक्षी सहायले समापन समारोहमा विशिष्ट अतिथिका रूपमा भाग लिए।

गणितीय विज्ञान संकायकी डीन प्रो. नीलिमा गुप्ताको मार्गदर्शनमा यस सत्रमा यो लगातार तेस्रो एफडीपी आयोजना भएको छ। यस अवसरमा प्रतिभागीहरूलाई प्रमाण पत्र वितरण गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande