गान्तोक, 19 जुलाई (हि.स.)। गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेले आज मोटर वाहन विभाग, ट्राफिकका अधिकारीहरूसँग बैठक गरेर राजधानी वरपर अवैध रूपमा पार्क गरेर राखिएका वाहनहरूको स्थितिको बारेमा जानकारी लिन अनुवर्ती बैठक गरे।
अवैध रूपमा पार्क गरिएका सवारी साधन हटाउन यसअघि सार्वजनिक सूचना जारी गरिएको थियो, जसमा 35 वटा सवारी साधनको सूची प्रकाशित गरिएको थियो। अहिलेसम्म 14 जना सवारी साधनका मालिकहरूको पत्तो लागेको र 21 जना सवारी साधानका मालिकहरूको कुनै पत्तो लाग्न सकेको छैन। यस क्रममा थप १ वटा वाहन अवैध रूपमा पार्क गरेर राखिएको भेटिएको बताइएको छ। सवारी साधन मालिकहरूलाई नोटिस जारी गर्न आरटीओलाई निर्देश दिइएको छ। मालिकहरूले आफ्नो वाहन नहटाए अधिकृत निजी एजेन्सीद्वारा वाहनहरू तानेर हटाइने बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल