ममता ब्यानर्जीले राष्ट्रवादी कवि द्विजेन्द्रलार रायलाई दिइन् श्रद्धाञ्जलि
ममता ब्यानर्जीले राष्ट्रवादी कवि द्विजेन्द्रलार रायलाई दिइन् श्रद्धाञ्जलि


कोलकाता, 19 जुलाई (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शनिवार प्रख्यात कवि, नाटककार औ गीतकार द्विजेन्द्रलाल रायको जयन्तीमा उनलाई श्रद्धाञ्जलि अर्पण गरिन्। उनले यस अवसरमा भनिन्, रायका रचनाहरू आजको समयमा अझ प्रासंगिक भएको छ, देशभरि नै बंगाली भाषा र बंगालीहरू विरूद्ध एक गहिरो षड़यन्त्र रचिरहेको अवस्थामा।

मुख्यमन्त्रीले सोशल मीडिया मञ्च 'एक्स'-मा पोस्ट गर्दै लेखिन्, देशभक्त कवि, नाटककार तथा गीतकार द्विजेन्द्रलाल रायको जयन्तीको अवसरमा हामी उनका रचनाहरूलाई स्मरण गर्दै तथा बंगाली भाषी र साहित्यमा उनको योगदानको लागि उनलाई श्रद्धाञ्जलि अर्पण गर्दछौं। आज बंगाली भाषा र बंगालीहरूविरूद्ध गहिरो षड़यन्त्र भइरहेको समयमा उनका रचनाहरूलाई स्मरण गर्ने इच्छा अझ प्रबल भएको छ।

ममता ब्यानर्जीले यो पनि याद दिलाइन्, रेलमन्त्रीको रूपमा उनले कविको स्मृतिमा 'धनधान्य एक्सप्रेस'- को शुरुआत गरेकी थिइन् जुन अहिले पनि उनको जन्मस्थान नदिया जिल्लाको कृष्णनगर भएर गुज्रिन्छ। मुख्यमन्त्रीले बताइन्, राज्यको सत्तामा आएपछि उनको सरकारले कोलकाताको अलिपुरमा एक आधुनिक सभागारलाई 'धनधान्य अडिटोरियम'-को नाम दियो अनि अलिपुर ब्रिजको नाम 'धनधान्य सेतु' राखियो जुन द्विजेन्द्रलाल रायको सम्मानमा गरिएको थियो।

उल्लेखनीय छ, द्विजेन्द्रलाल रायको जन्म 19 जुलाई, 1863-मा पश्चिम बंगालको नदिया जिल्ला अन्तर्गत कृष्णनगरमा भएको थियो। उनका राष्ट्रवादी गीत तथा नाटकहरूले भारतीय स्वतन्त्रता संग्राममा जनचेतना फैलाउने महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ममता ब्यनर्जीले भनिन्, उनको देशभक्तिबाट ओतप्रोत रचनाहरू भावी पिँढ़ीको लागि प्रेरणाको श्रोत बनिरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande