खरसाङ, 19 जुलाई (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 7 काे सदभावना सोशियल वेलफेयर सोसाइटीका सदस्यहरुले आज आफ्नो समाज घरमा रंग लगाउने कार्यका साथै वरिपरि सरसफाई र ब्लिचिङ छर्ने कार्य गरेका छन्। स्मरण रहाेस् सद्भावना सोशियल वेलफेयर सोसाइटीले विगत धेरै वर्षदेखि खरसाङमा समाजिक कार्यहरु गर्दै आइरहेकाे छ।
संघका सचिव दिनेश लामाले जानकारी गराए अनुसार, पचास घर मिलेर बनेको सद्भावना संघ अथवा सद्भावना सोशियल वेलफेयर सोसाइटी एउटा समाज मात्र नभएर समाजप्रतिकाे जिम्मेवारी के हाे र समाजको कर्तव्यवोध गराउने एउटा संस्था हो। वर्तमानमा धेरै समाजहरु निष्क्रिय रहेको र केवल मरौं र विवाहमा सरौं लेख्नुमा मात्र सिमित छन् भने यस्ता समाजहरुलाई जगाउने एउटा संस्था हाे।
उनले भने, हामी प्रत्येक वर्ष विभिन्न प्रकारको सामाजिक कार्य गर्दै आइरहेको छौं जस्तै, शिक्षाकाे लागि नानीहरूलाई प्रोत्साहन दिने, स्वास्थ्यको लागि निःशुल्क स्वास्थ्य जाँच शिविर, पर्यावरण बचाउन वृक्षारोपण कार्यक्रम, स्वनिर्भर बन्न सचेतनामूलक कार्यक्रमहरु आदि सामेल छन्। हामी कुनै विभागमा भर परेर कार्यक्रम गर्दैनौं। हामी आफै आफ्नो संस्थाकाे कोषबाट प्रायः कार्य गर्ने गर्छौं।
उनले थप जानकारी गराए, आजको कार्यक्रममा सभासद श्याम शेर्पाले पनि सहभागिता जनाएका थिए। सभासदले रंग उपलब्ध गराएकोमा हामी संघकाे तर्फबाट उनलाई धन्यवाद ज्ञापन गर्दछौं। साथै आज हाम्रो संस्थाकाे सदस्यहरु जस-जसले सहभागिता जनाए सबैलाई पनि धन्यवाद ज्ञापन गर्दछौँ। आउँदो दिनमा पनि हामी अन्य सामाजिक कार्यक्रम गर्नेछौं यसमा सभासदबाट अनि हाम्रो सम्पूर्ण सदस्यहरुबाट सहयोगकाे अपेक्षा साचेका छौं।
हिन्दुस्थान समाचार / हनोक