गान्तोक, 19 जुलाई (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले भारतीय जनता पार्टी (भाजपा) माथि राज्यका जनतालाई भ्रममा राख्नका लागि दोहोरो नीति अपनाइरहेको आरोप लगाएको छ। एसडीएफले भाजपालाई आफ्नो स्पष्ट अडान र नीति लिएर अघि आउने आग्रह पनि गरेको छ।
एसडीएफ प्रवक्ता अरुण लिम्बूले आज जारी एक प्रेस विज्ञप्तिमा भाजपामाथि दोहोरो नीति अपनाइएको आरोप लगाउॅंदै सिक्किम जस्तो सानो राज्यका सरल अनि सोझा जनतालाई भ्रममा नराख्न अनुरोध रगेका छन्। उनले भाजपालाई राज्यको हितमा आफ्नो स्पष्ट अडान लिएर अघि आउन अनुरोध पनि गरेका छन्।
भाजपा सिक्किमले अहिले पनि सत्ताधारी दल एसकेएमको सहारामा आफ्नो अस्तित्व बचाइरहेको प्रवक्ता लिम्बूले दाबी गरेका छन्। उनले सिक्किममा भाजपा र एसकेएम पार्टीको गठबन्धन रहेको बताउॅंदै एकातिर भाजपाले भ्रष्टाचार मुक्त देशको कुरा गर्दछ भने अर्कोतिर आफूले समर्थन दिइरहेको दलको शासन यति अराजक हुॅंदा पनि कुनै कारबाही गरेको छैन भनी बताएका छन्।
राज्यको अर्थ व्यवास्था मात्र होइन, तर प्रशासन र लोकतन्त्र समेत आपदमा पर्दा पनि भजपाले एसकेएम पार्टी र सरकारलाई समर्थन लागातार दिनु भाजपाको पाखण्ड चरित्र हो भनी एसडीएफले ठहर गरेको छ। जुन दिन भाजपाले एसकेएमलाई समर्थन दिन छोड्छ शायद त्यसै दिन भजापाको सिक्किममा अस्तित्व समाप्त हुने भय भाजपामा हुनसक्ने एसडीएफले विज्ञप्तिमा बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल