पाँच घण्टाव्यापी धरपकड़ अभियानमा 75 जना अभियुक्त पुलिसको पञ्जामा
पाँच घण्टाव्यापी धरपकड़ अभियानमा 75 जना अभियुक्त पुलिसको पञ्जामा


फिरोजाबाद, 20 जुलाई (हि.स.)। जिल्ला पुलिसले गए शनिवार राति पाँच घण्टाव्यापी अभियान संचालन गरी 75 जना अभियुक्तहरूलाई पक्राउ गरेको छ। यी अभियुक्तहरू विभिन्न मुद्दाहरूदेखि भागिरहेका थिए।

वरिष्ठ पुलिस अधीक्षक सौरभ दीक्षितद्वारा वारण्टी एनबीडब्ल्यू एवं एसआर केसहरूमा भगौड़ा अभियुक्तहरू विरूद्ध गए शनिवार राति 12 बजीदेखि बिहान 5 बजीसम्म अभियान संचालन गरियो। यस अभियान अन्तर्गत जिल्ला पुलिसद्वारा 73 जना एनबीडल्ययू वारण्टी, एक जना एसआर भगौड़ा तथा अन्य एक जना भगौड़ा अभियुक्तलाई पक्राउ गरियो जसमध्ये थाना उत्तरले 3, थाना दक्षिणले 8, थाना रसूलपुरले 5, थाना रामगढ़ले 3, थाना टूंडलाले 6, थाना पचोखराले 4, थाना नारखीले 4, थाना नगला सिंघीले 6, थाना रजाबलीले 3, थाना सिरसागञ्जले 8, थाना नगला खंगरले 1, थाना नसिरपुरले 1, थाना शिकोहाबादले 2, थाना मक्खनपुरले 5, थाना खैरगढ़ले 2, थाना जसरानाले 2, थाना एकाले 3, थाना फरिहाले 3, थाना मटसेनाले 3 एवं थाना बसई मोहम्मदपुरले 3 जना अभियुक्तहरूलाई समातेको छ।

यसरी नै जिल्ला पुलिस टीमद्वारा मात्र पाँच घण्टाभित्रमा एनबीडब्ल्यू वारण्टी अभियुक्तहरू विरूद्ध कारबाही गर्दै 75 जना अभियुक्तहरूलाई न्यायालयमा पेश गरी कानूनी कारबाही गरिँदैछ। वारण्टी अभियुक्तहरू विरूद्ध यो अभियान निरन्तर जारी रहने पुलिसले बताएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande