विधानसभा अध्यक्षले सोमवार गर्नेछन् नेवा प्रशिक्षण केन्द्रको उद्घाटन
विधानसभा अध्यक्षले सोमवार गर्नेछन् नेवा प्रशिक्षण केन्द्रको उद्घाटन


नयाँ दिल्ली, 20 जुलाई (हि.स.)। दिल्ली विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले सोमवार विधानसभा परिसरमा विधायकहरूको तीन दिवसीय प्रशिक्षण कार्यक्रमको लागि नेशनल ई-विधान एप्लिकेशन (नेवा) प्रशिक्षण केन्द्रको उद्घाटन गर्नेछन्। सो जानकारी विधानसभा सचिवालयद्वारा जारी विज्ञप्ति मार्फत दिइएको छ।

21-देखि 23 जुलाईसम्म आयोजना भइरहेको यस प्रशिक्षण कार्यक्रमको उद्देश्य विधायकहरूलाई नेशनल ई-विधान एप्लिकेशन (नेवा)-को उपकरण र कार्यप्रणालीसित परिचित गराउनु हो ताकि उनीहरूले आगामी मनसुन सत्रमा प्रभावकारी रूपमा भाग लिन सकुन्। यस प्रशिक्षणको संचालन संसदीय कार्य मन्त्रालयका विशेषज्ञ प्रशिक्षकहरूद्वारा गरिनेछ। यस अवधि प्रतिभागी विधायकहरूलाई व्यवहारिक र समग्र प्रशिक्षण प्रदान गरिनेछ।

विज्ञप्ति मुताविक यो दूरदर्शी पहल डिजिटल इण्डियाको भिजनलाई अप्नाउने विधानसभाको प्रतिबद्धतालाई दर्शाउँछ। नेवाको उद्देश्य विधानसभाको कार्यमा पारदर्शिता, दक्षता एवं स्थिरता ल्याउनु हो जसबाट कागजरहित कार्यप्रणालीलाई प्रोत्साहित गर्न सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande