कंग्रेस नेताहरूले दिए पूर्व मुख्यमन्त्री शिला दीक्षितलाई श्रद्धाञ्जलि
कंग्रेस नेताहरूले दिए पूर्व मुख्यमन्त्री शिला दीक्षितलाई श्रद्धाञ्जलि


नयाँ दिल्ली, 20 जुलाई (हि.स.)। कंग्रेस नेताहरूले आइतवार पूर्व मुख्यमन्त्री शिला दीक्षितको पुण्यतिथिमा दिल्ली कंग्रेस कार्यालयमा आयोजित पुष्पाञ्जलि सभामा सम्मिलित भएर उनलाई श्रद्धाञ्जलि अर्पण गरे।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र उनको मन्त्रीमण्डलमा सामेल अऩ्य मन्त्रीहरूले पनि सोशल मीडिया एक्सको माध्यमबाट पूर्व मुख्यमन्त्री शिला दीक्षितलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरे।

दिल्ली प्रदेश कंग्रेस मुख्यालयमा आयोजित पुष्पाञ्जलि सभामा पूर्व सांसद एवं शिला दीक्षितका पुत्र सन्दीप दीक्षित, पुत्री लतिका, दिल्ली प्रदेश कंग्रेस कमिटीका अध्यक्ष देवेन्द्र यादव, पूर्व विधायक हसन अहमद, पूर्व मन्त्री नरेन्द्र नाथ, कम्यूनिकेशन विभागका चेयरम्यान अनिल भारद्वाज समेत पार्टीका केही नेता एवं कार्यकर्ताहरू सामेल भए। सबैले शिला दीक्षितको चित्रमा माल्यार्पण गरी श्रद्धाको फूल चढ़ाए।

सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै सन्दीप दीक्षितले भने, शिला दीक्षितको विकासलाई आज पनि मानिसहरूले याद गरिरहेका छन्। उनले दिल्लीलाई सजाइन्। आज पनि दिल्ली मात्र नभएर देशभरि नै यो मानिन्छ कि यदि कसैले राम्रो विकासको मोडल दिएका छन् भने ती हुन् शिला दीक्षित।

दिल्ली कंग्रेस कमिटीका अध्यक्ष देवेन्द्र यादवले भने, उनले आज पनि आधुनिक दिल्लीको आधार राख्ने शिला दीक्षितले देखाएको मार्गमा हिँड़्ने चेष्टा गरिरहेका छन्। आज उनको सोचको खाँचो छ।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता औ पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसा समेत अन्य मन्त्रीहरूले पनि सोशल मीडिया एक्समा पोस्ट गरी पूर्व मुख्यमन्त्री शिला दीक्षितलाई नमन गरे अनि श्रद्धाञ्जलि अर्पण गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande