साइबर सेलले ठगीको मामिलामा तीन जना आरोपीलाई समात्यो
साइबर सेलले ठगीको मामिलामा तीन जना आरोपीलाई समात्यो


नयाँ दिल्ली, 20 जुलाई (हि.स.)। दिल्ली-एनसीआरमा द्रूत गतिमा बढ़्दो साइबर अपराधहरूमाथि लगाम कस्नको लागि दिल्ली द्वारकाको साइबर सेलले ठूलो कारबाही गर्दै राजस्थानको टोंक, सिकर, जयपुर अनि हरियाणाको सिरसाबाट तीन जना साइबर अपराधीहरूलाई पक्राउ गरेको छ।

द्वारकाको साइबर सेलको पञ्जामा परेका यी ठगहरूले आधुनिक उपाय अप्नाएर आम मानिसहरूलाई कहिले अनलाइन निवेशको प्रलोभन त कहिले डिजीटल अरेस्टको डर देखाएर ठगीको शिकार बनाउँदै आइरहेका थिए। आरोपीहरूको पहिचान राजस्थान निवासी दीपक वर्मा, सुरेन्द्र कुमार डुडी र राजवीरको रूपमा भएको छ।

द्वारका जिल्लाका पुलिस उपायुक्त (डीसीपी) अंकित सिंहले बताए, द्वारका जिल्लाको साइबर थानामा बितेका केही महिनाभित्रमा साइबर ठगीका धेरैवटा सिकायत सामु आएका थिए। जाँचमा प्राप्त डिजीटल फुटप्रिन्ट्स र लेन-लेनको रेकर्डबाट पुलिसले यी घटनाहरूको जरा राजस्थान र हरियाणाका सुदूरवर्ती क्षेत्रहरूसित जोड़िएको पक्का प्रमाण पत्तो लगायो। त्यसपछि एक टीम गठन गरियो। टीमले यी राज्यहरूमा पुगेर गुप्त ढंगमा निगरानी राखी प्रमाण जुटाएपछि एक साताभित्रमा तीन जना आरोपीहरूलाई पक्राउ गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande