लखनऊ, 20 जुलाई (हि.स.)। उत्तर प्रदेशका उप-मुख्यमन्त्री केशव प्रसाद मौर्यले विपक्षलाई लक्षित गर्दै भने, लोकसभामा विपक्षका हल्का नेता राहुल गान्धीलाई भारतको चिन्ता कम, पाकिस्तानको बढ़ी रहन्छ। तब त अपरेशन सिन्दुरको मारले पाकिस्तानभन्दा बढ़ी गान्धी परिवार उद्वेलित भइरहेका छन्।
उप-मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया एकाउण्ट एक्समा लेखेका छन्, कंग्रेसले भारतीय सेनाको अपमान बारम्बार यसकारण गर्दछ ताकि छिमेकी भाइजान पाकिस्तानलाई खुशी बनाउन सकियोस्। वास्तवमा सत्ताबाट बेदखलीले कंग्रेसको मति फुस्किएको छ। त्यसैले उनीहरू दुनियाँका यस्ता भ्रमित नेताहरूको आड़ लिन बाध्य भइरहेका छन् जो आफ्नो बयानहरूमा स्थिर रहँदैनन्। आफ्नो गान्धी जस्तै उनीहरू पनि अस्थिर चित्त भएका छन्। साँचो कुरा के हो भने प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्वले पाकिस्तान मात्र नभएर विश्वका ती नेताहरूको पनि निद्रा उड़ाइदिएको छ जसले आफूलाई सर्वेसर्वा ठान्छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा