कार्तिक आर्यनले राजस्थानको सुन्दर मौसमको आनन्द लिए, फिल्म 'तू मेरी, मैं तेरा' -को शुटिंगमा व्यस्त
कार्तिक आर्यनले राजस्थानको सुन्दर मौसमको आनन्द लिए, फिल्म 'तू मेरी, मैं तेरा' -को शुटिंगमा व्यस्त


जयपुर, 20 जुलाई (हि.स.)। बलीवुड अभिनेता कार्तिक आर्यनले अहिलेघरि राजस्थानको नवलगढ़ अनि जयपुरमा आफ्नो आगामी फिल्म 'तू मेरी, मैं तेरा'- को शुटिंग गरिरहेका छन्। यस अवधि उनले राजस्थानको वर्षाले भरिपूर्ण सुन्दरमुहार अनि हरियालीको आनन्द उठाइरहेका छन् जसलाई उनले सोशल मीडियामा पनि शेयर गरे।

गए 19 जुलाईको दिन कार्तिकले आफ्नो कार आफै ड्राइभ गरेर नवलगढ़देखि जयपुरको यात्रा तय गरे अनि होटल रामबाग प्यालेसमा बसे। यस यात्रा अवधि उनले राजस्थानका सुन्दर दृश्यहरू, वर्षा अनि शान्तिपूर्ण मौसमका केही झलकहरू आफ्ना फ्यान्ससित साझा गरे। फिल्मका निर्माता करण जौहर पनि जयपुरमा शुटिंगको सेटमा आइपुगेका छन्।

नवलगढ़मा भइरहेको शुटिंग अवधि कार्तिकले एक्सरसाइज गर्दै आफ्नो एउटा भीडियो साझा गरेका थिए। यस अतिरिक्त उनले जैकी श्रमसित आफ्नो बण्डिंगलाई पनि सोशल मीडियामा शेयर गरे जसको फिल्ममा महत्वपूर्ण भूमिका रहेको छ।

फिल्म शुटिंगको अन्तिम दिन कार्तिकले नवलगढ़को होटल बाहिर आफ्ना फ्यान्ससित भेट गरे अनि उनीहरूलाई अटोग्राफ र सेल्फीको अवसर दिए। कार्तिकले नवलगढ़को सादगी, मानिसहरूको आफ्नोपन तथा कला-संस्कृतिको प्रशंसा गरे जसलाई उनले आफ्नो हृदयमा महसू गरे।

फिल्ममा कार्तिकसित मुख्य भूमिकामा अनन्या पाण्डेलाई पनि देखिनेछ जोसित कार्तिकको जोड़ीलो दर्शकहरूलाई फेरि रोमान्स अनि कमेडीको मजा दिन्छ।यो फिल्म 13 फरवरी, 2026-मा सिनेमाघरहरूमा रिलीज हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande