उपराज्यपाल मनोज सिन्हाले जम्मू-कश्मीरबाट आतंकवादलाई जरैदेखि निर्मूल पार्ने प्रतिबद्धता दोहोऱ्याए
उपराज्यपाल मनोज सिन्हाले जम्मू-कश्मीरबाट आतंकवादलाई जरैदेखि निर्मूल पार्ने प्रतिबद्धता दोहोऱ्याए


श्रीनगर, 20 जुलाई हि.स.। जम्मू-कश्मीरबाट आतंकवादलाई जरैदेखि उखालेर फाल्ने सरकारको अटुट प्रतिबद्धतालाई दोहोऱ्याउँदै उपराज्यपाल मनोज सिन्हाले आइतवार भने, प्रशासनले शान्ति किन्ने प्रयास गरिरहेको छैन जबकि क्षेत्रमा स्थायी अनि न्यायपूर्ण शान्ति स्थापना गर्ने प्रायस गरिरहेको छ। उनले बल दिँदै भने, कुनै पनि दोषीहरूलाई छोड़िनेछैन।

यहाँ एक कार्यक्रमलाई सम्बोधन गर्दै उपराज्यपाल सिन्हाले आतंकवादी तन्त्रलाई ध्वस्त बनाउनमा जम्मू-कश्मीरको पुलिसको महत्वपूर्ण भूमिकामाथि बल दिँदै भने, पुलिसको आतंकवादी समर्थित तन्त्रलाई नष्ट गर्ने महत्वपूर्ण जिम्मेवारी छ चाहे त्यो वित्तीय होस् वा सैन्य वा अन्य। आतंकवादी मात्र नभएर आतंकलाई प्रेरित गर्ने सम्पूर्ण मशिनरीसित भिड़्न आवश्यक छ।

उनले भने, गत 13 जुलाईको दिन बारामूलामा 40 आतंकवाद पीड़ित परिवारहरूलाई नियुक्ति पत्र प्रदान गरियो। उनले भने, केही युवाहरूले आफ्ना पितालाई गुमाएका छन् जतिबेला उनीहरू दुई वर्षका थिए। आज हामी यो सुनिश्चित गरिरहेका छौं कि उनीहरूको पीड़ालााई बुझेर न्याय दिलाउने। जनतालाई सुरक्षा बलहरूसित एकजुट हुने आह्वान गर्दै उपराज्यपालले भने, न्याँ जम्मू-कश्मीर एउटा नारा मात्र होइन, एक वास्तविकता हो जुन पछिल्लो केही वर्षभित्रमा विकसित भएको छ। यस नयाँ युगमा युवाहरूको हातमा ढुङ्गाको सट्टा कलम अनि ल्यापटप पुगेको छ। स्कूल-कलेजहरू अब वर्षैभरि कुनै प्रकारको हड़ताल-अवरोध बिनै खोलिरहनेछ। अलगाववादी नारा र बन्दको क्यालेण्डरको दिन अब बितिसकेको छ। आज हाम्रो क्यालेण्डर राष्ट्रिय अनि अन्तर्राष्ट्रिय आयोजनहरूले भरिएको छ।

सिन्हाले मानिसहरूलाई भने, सुरक्षा बलहरूसित हात मिलाउन आवश्यक छ। शान्ति संघर्षको अनुपस्थिति मात्र होइन, यो न्याय, अवसर एव आशाको उपस्थिति हो। हामी त्यस शान्तिलाई एक स्थायी वास्तविकता बनाउनका लागि प्रतिबद्ध छौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande