कोलकाता एयरपोर्टमा एनएसजीको हाइज्याक रोधी मक ड्रिल, आतंकवादसित भिड़्ने तयारीको निरीक्षण
कोलकाता एयरपोर्टमा एनएसजीको हाइज्याक रोधी मक ड्रिल, आतंकवादसित भिड़्ने तयारीको निरीक्षण


कोलकाता, 20 जुलाई (हि. स.)। कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय हवाईअड्डामा राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी)-ले हाइज्याक तथा आतंकवादी हमला हुनसक्ने आशंकासित सामना गर्नको लागि एक पूर्ण अभ्यास गऱ्यो। यो मक ड्रिल गत 18 र 19 जुलाईको अबेर राति सम्पन्न गरियो जसमा विभिन्न सुरक्षा एजेन्सी तथा हवाईअड्डा प्रबन्धनले भाग लियो।

सूत्र अनुसार यो अभ्यास हवाई सुरक्षासित सम्बन्धित जटिल खतराहरूको सामना गर्ने तयारीको निरीक्षण तथा एजेन्सीहरूबीच समन्वयलाई सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको थियो। गए राति 9:34 बजी एक आपत कल एयर ट्राफिक कन्ट्रोललाई प्राप्त भयो जसमा बताइयो, एउटा ए320 विमानलाई हाइज्याक गरिएको छ जसमा चालक दलसित 75 डमी यात्रीहरू सवार थिए।

यो सूचना पाउनसाथ एरोड्रोम समितिलाई तत्काल सक्रिय बनाइयो अनि विमानलाई भिन्न-भिन्न क्षेत्रमा लगेर घेराबन्दी गर्न शुरू गरियो। शुरुआती प्रतिक्रियामा केन्द्रिय औद्योगिक सुरक्षा बल (सीआईएसएफ)-को तत्काल प्रतिक्रिया टीमले विमानलाई चारैतिरबाट घेऱ्यो भने गुप्तचर (आईबी) र गृह मन्त्रालयका अधिकारीहरू कथित अपहरणकारीसित वार्ता गर्नमा जुटे।

एनएसजी सूत्र अनुसार यस मक ड्रिलको उद्देश्य नागरिक उड्डयन सुरक्षासित सम्बन्धित संकटहरूमा प्रतिक्रिया तन्त्र, एजेन्सीहरूबीच तालमेल र संकट प्रबन्धनको दक्षताको मूल्यांकन गर्नुथ्यो। यस अभ्यासमा एएआई, सीआईएसएफ, एटीसी, एयरलाइन्स, राज्य पुलिस, आईबी, गृह मन्त्रालय औ एनएसजीबीच श्रेष्ठ समन्वय देख्न पाइयो जसले सम्पूर्ण अभ्यासलाई सफल बनायो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande