हुगली, 20 जुलाई (हि. स.)। लामो समयसम्म टार्दै, एका-अर्कामाथि आरोप-प्रत्यारोप तथा सरकारी विभाग अनि सत्तासिन दलका नेताहरूको निष्क्रियताबीच तीन महिनापूर्व चुँचुड़ाका केही सड़कहरूको मरम्मत गरिएको थियो। यसमा चुँचुड़ा अस्पताल रोड पनि प्रमुख रूपमा सामेल थियो। तर सड़क मरम्मत गरेको तीन महिना पनि बित्न नपाई सड़कको अवस्था जर्जर भएको छ।
यस मुद्दालाई लिएर स्थानीय भाजपा कार्यकर्ताहरूले चुँचुड़ा मण्डलका अध्यक्षद्वय देबमाल्य नियोगी र तपन सरकारको नेतृत्वमा व्यापक विरोध प्रदर्शन अनि सड़क जाम गरियो। विरोध प्रदर्शनमा हुगली जिल्ला भाजपाका महासचिव सुरेश साव पनि उपस्थित रहे।
भाजपा कार्यकर्ताहरूले पिपुलपाती मोड़देखि चुँचुड़ा अस्पताल जाने बाटोमा विशालाक्षी मन्दिर सामु सड़कमा टायर जलाएर जाम गरे। उनीहरूले खराब सड़कको मरम्मत गर्ने माग गर्दै गगनभेदी नाराबाजी गरे।
लगभग 30 मिनटसम्म सड़क पूर्ण रूपमा अवरूद्ध रह्यो जसले गर्दा आवागमन बाधित भयो। त्यसपछि चुँचुड़ा थानाको पुलिसले घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूलाई सड़कबाट हटाउने प्रयास गऱ्यो। यस अवधि पुलिस र प्रदर्शनकारीहरूबीच धक्का-मुक्का पनि भयो। अन्ततः पुलिसले बल प्रयोग गरी प्रदर्शनकारीहरूलाई हटाएर सड़कलाई सुचारू गरायो।
भाजपा नेताहरूको आरोप छ, सरकारले नाम मात्रको मरम्मत गरेको छ जसबाट जनताको समस्या समाधान हुनकोसट्टा बढ़ेको छ। स्थानीय मानिसहरूको भनाइ छ, मरम्मत गर्दा निम्न स्तरको काम गरिएको थियो र अब सरकार अनि प्रशासनले एका-अर्कामाथि आरोप लगाएर बच्ने प्रयास गरिरहेको छ। भाजपा नेताहरूले चेताउनी दिएका छन्, यदि शीघ्र सड़कको समुचित मरम्मत गरिएन भए आन्दोलन अझ तीव्र हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा