मोदी नगर सड़क दुर्घटनामा दुई काँवड़ीहरूको मृत्यु, तीन घाइते
मोदी नगर सड़क दुर्घटनामा दुई काँवड़ीहरूको मृत्यु, तीन घाइते


गाजियाबाद, 20 जुलाई (हि.स.)। थाना मोदी नगर क्षेत्रमा गए शनिवार राति दिल्ली-मेरठ मार्गको कादराबाद गाउँ नजिक द्रूत गतिमा गइरहेको एम्बुलेन्सले एउटा मोटर साइकल र स्कुटीलाई ठक्कर दियो जसमा दुई जना काँवड़ीहरूको मृत्यु भयो भने तीन जना घाइते भए। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। यो एम्बुलेन्स मोदी नगरस्थित जीवन अस्पतालको रहेको बताइएको छ। पाँचै जना काँवड़ीहरूको पहिचान हुन सकेको छैन।

डीसीपी ग्रामीण एस. एन. तिवारीले बताए, यो दुर्घटना गए शनिवार राति लगभग 11:45 बजी भएको हो। यो एम्बुलेन्स मेरठबाट रोगीलाई अस्पतालमा छोड़ेर मोदी नगरतर्फ गइरहेको थियो। यसै क्रममा विपरीत दिशाबाट आइरहेको मोटर साइकल र स्कुटीलाई ठक्कर दियो। एम्बुलेन्सको गति धेरै तीव्र थियो। यो ठक्कर भयानक थियो जसले गर्दा दुई चक्के वाहनहरूमा सवार युवकहरू हावामा उड़्दै धेरै टाड़ा पुगेर भुइँमा झरेका थिए।

दुर्घटना भएको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि घाइतेहरूलाई उपचारको निम्ति मोदी नगरको जीवन अस्पताल अनि मेरठको सुभारती अस्पतालमा भर्ती गरिएको छ। हाल एम्बुलेन्सलाई पुलिसले कब्जामा लिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande