हुगली, 20 जुलाई (हि. स.)। बितेका केही दिनदेखिको लगातार परिरहेको पानीले गर्दा अरामबाग र खानाकुलको एउटा ठूलो भू-भाग पानीमा डुबेको छ। पानी नभएका बाटोहरूको अवस्था पनि खस्किँदो छ साथै पुलहरूको अवस्था जर्जर बनिसकेको छ। यी समस्याहरूलाई लिएर स्थानीय मानिसहरूको वर्षौंदेखिको रोष बढ़्दै गइरहेको थियो जुन आइतवार सड़क अवरोध र विरोध प्रदर्शनको रूपमा प्रष्फुटित भयो।
स्थायी पुल, सड़कहरूको मरम्मत औ नदी तर्नका लागि नौकाको मागलाई लिएर तीनवटा गाउँका मानिसहरूले मिलेर बाटो अवरोध गरे। यस अवधि प्रदर्शनकारीहरूले शासक दलका प्रधान र उपप्रधानको उदासीनताविरूद्ध नाराबाजी गरे।
विरोध प्रदर्शन भइरहेको खबर सुनेर राममोहन दुई नम्बर ग्राम पञ्चायतका उपप्रधान सुझित घोष घटनास्थलमा पुगे, तर प्रदर्शनकारीहरू उनीसित भिड़िए। यो घटना खानाकुलको हेलन क्षेत्रमा पुरशुरा-खानाकुल राज्य सड़क नजिक भएको हो जहाँ क्षणभरमै माहोल तनाउपूर्ण भयो। प्रदर्शनकारीहरूले बाँस राखेर सड़कको दुवै तर्फ बाटोलाई पूर्ण रूपले बन्द गरिदिए। उनीहरूले भने, हाम्रो माग पूरा नहुञ्जेलसम्म आवागमन गर्न दिइनेछैन।
ग्रामीणहरूको भनाइ छ, उनीहरूले प्रशासनलाई धेरै पटक सिकायत गरिसकेको भए पनि सड़कको मरम्मत अहिलेसम्म भएको छैन, न त पुलको स्थिति सुध्रिएको छ। आक्रोशित ग्रामीणहरूले उपप्रधानसित प्रश्न गरे, सरकार र पञ्चायत यतिसाह्रो उदासीन किन? आखिर हाम्रो क्षेत्रको विकास कहिले हुन्छ?
तथापि सुझित घोषले चाँड़ै नौकाको व्यवस्था र सड़क मरम्मत गरिदिने आश्वासन दिए, तर यसबाट कोही पनि सन्तुष्ट थिएनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा