द्वारकेश्वर नदीमा भेटियो महिलाको शव, एक महिनाभित्रमा यो आठौं मृत्यु
द्वारकेश्वर नदीमा भेटियो महिलाको शव, एक महिनाभित्रमा यो आठौं मृत्यु


बाँकुड़ा, 20 जुलाई (हि.स.)। बाँकुड़ा जिल्लामा फेरि एकपटक द्वारकेश्वर नदीबाट एक जना महिलाको शव भेटिएको छ। आइतवार बिहान विष्णुपुर थाना अन्तर्गत दमदम घाटमा स्थानीय नाविकहरूले नदीमा एक जना महिलाको शव पानीमा तैरिरहेको देखे। नाविकहरूले शवलाई घाट नजिक ल्याएर पुलिसलाई सूचना दिए। विष्णुपुर थानाको पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि विष्णुपुर जिल्ला अस्पतालमा पठाइदियो।

पुलिसको प्रारम्भिक जाँचमा अनुमान लगाइएको छ, महिलाको नदीमा डुबेर मृत्यु भएको हो। मृतक महिलाको पहिचान ओंदा थाना अधिनस्थ अलिठा गाउँ निवासी माला शित (60)-को रूपमा भएको छ जो स्नान गर्ने क्रममा नदीको तीव्र प्रवाहमा समाहित भइन्।

उल्लेखनीय छ, पछिल्लो एक महिनाभित्रमा द्वारकेश्वर नदीमा डुबेर भएको मृत्युको संख्या बढ़ेर आठ पुगेको छ। लगातार भइरहेको वर्षाको कारणले द्वारकेश्वर नदीमा बाढ़ी आएको छ।

पुलिसले मामिलाको जाँच शुरू गरेको छ साथै मानिसहरूसित बर्खाझरीमा नदीको किनारमा अत्यधिक सतर्कता अप्नाउने अपील गरेको छ ताकि यस्तो दुःखदायी घटनाहरूको पुनरावृत्ति नहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande