लखनऊ, 20 जुलाई (हि.स.)। यूपी एसटीएफले आइतवार एटीएम बूथ बाहिर खड़ा मानिसहरूको एटीएम बदली गरेर ठगी गर्ने गिरोहका पाँच आरोपीलाई गोसाईगंज क्षेत्रबाट पक्राउ गरेको छ।
एसटीएफका पुलिस उपाधीक्षक धर्मेश कुमार शाहीले बताए, पक्रा परेका आरोपीहरूको पहिचान प्रतापगढ़ निवासी ज्ञानेन्द्र शुक्ल, उमेश यादव, रोशन सिंह, प्रयागराज निवासी शिव प्रकाश सिंह र विपेन्द्र सिंहको रूपमा गरिएको छ। उनीहरूदेखि अलग-अलग ब्याङ्कका 75 एटीएम कार्ड, एक कार र पाँच हजार रूपियाँ समेत अन्य चीजहरू जफत भएको छ।
सोधपुछमा अभियुक्तहरूले बताए, उनीहरूको संगठित गिरोह छ, जसले यूपी, एमपी, हरियाणा, दिल्ली र एनसीआर आदि राज्यहरूबाट एटीएम कार्ड साटेर मानिसहरूको खाताबाट पैसा निकाल्ने काम गर्दछ। उनीहरूले पैसा निकाल्ने युवकको पछाड़ी खड़ा भएर कुनै प्रकारको उसको गोपनीय नम्बर हेर्छन्। यसपछि य़ुवकलाई धकेलेर वा अन्य कुनै बहानाले उसको एटीएम बदली गरेर अन्य एटीएम बूथमा गएर पैसा निकाल्छन्। यो काम धेरै दिनदेखि गरिँदैछ।
पुलिस उपाधीक्षकले बताए, शिव प्रकाश विरूद्ध दुई, रोशन सिंहमाथि आठ, विपेन्द्र सिंहमाथि 13, उमेश यादवमाथि 16 र ज्ञानेन्द्र शुक्लामाथि आठ मामिला दर्ता छ। अभियुक्तहरू विरूद्ध मामिला दर्ता गरी अघिको कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी