बीएसएफले पाकिस्तानी घुसपैठी पक्राउ गऱ्यो
पाक


चण्डीगढ़, 20 जुलाई (हि.स.)। बीएसएफले शनिवार राति पञ्जाबको फिरोजपुर जिल्लामा सीमामा एक पाकिस्तानी घुसपैठीलाई पक्राउ गरेको छ। बीएसएफ जवानहरूले घुसपैठीदेखि पाकिस्तानको करेन्सी र संदिग्ध सामग्री जफत गरेको छ।

बीएसएफबाट प्राप्त जानकारी अनुसार, 155औं बटालियनको जवान पेट्रोलिङमा थिए। बर्डर आउट पोस्ट केएमएस वाला जिल्ला फिरोजपुर नजिक एक व्यक्तिले पाकिस्तानको तर्फबाट भारतीय सीमामा छिर्ने प्रय़ास गरिरहेको थियो। सोही अवधि बीएसएफले उसलाई रोक्ने चेताउनी दियो। तर पाकिस्तानी नागरिक बीओपी नजिक स्थित बर्डर पिलर नम्बर 190/4 नजिक बाड़ पारी आयो। आरोपी बारम्बार चेताउनी दिइएपनि भारतीय सीमामा लगभग 80 मीटर भित्रसम्म पस्यो, जसपछि बीएसएफले घेराबन्दी गरी उसलाई पक्राउ गऱ्यो।

पक्रा परेको व्यक्ति पहिचान मुजमिल हुसैन (24) पुत्र मुहम्मद हुसैन, निवासी मियां छन्नू गाउँ, जिल्ला खानेवाल, पाकिस्तानको रूपमा गरिएको छ। सोधपुछमा उदेखि पाकिस्तानी करेन्सी 20 रूपियाँ जफत भएको छ। उदेखि कुनै प्रकारको हतियार वा संदिग्ध सामग्री फेला परेको छैन। पक्रा परेको पाकिस्तानी नागरिकलाई प्रारम्भिक सोधपुछको निम्ति बीओपी बेरियर ल्याइयो। यस सम्बन्धमा सुरक्षा एजेन्सीहरूले उसित सोधपुछ शुरू गरेका छन् ताकि उ गल्तीले सीमामा आयो या फेरि यसको पछाड़ी कुनै विशेष कारण छ, यसको पत्तो लगाउन सकियोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande