धर्मान्तरण मामिलाः छांगुर गिरोहको अझ् एक सदस्य पक्राउ
राजेश


लखनऊ, 20 जुलाई (हि.स.)। अवैध धर्मान्तरण मामिलामा मुख्य आरोपी जमालुद्दीन उर्फ छांगुरको गिरोहको अझ् एक अपराधीलाई यूपी एटीएसले आइतवार लखनऊबाट पक्राउ गरेको छ।

एटीएसका अधिकारीहरूले बताए, राजेश कुमार उपाध्यायलाई लखनऊमा चिनहट स्थित आवासबाट पक्राउ गरिएको छ। उ मूलतः वाराणीको निवासी हो। प्रारम्भिक जाँचमा पाइयो कि राजेशले छांगुरको निम्ति जमीन किन्नेगर्थ्यो। साथै छांगुरको इशारामा उसले कोर्टमा केस मेनेज गर्थ्यो। छांगुरले उसलाई पनि भारी फण्ड दिएको छ। एटीएसले उसलाई कोर्टमा पेश गरी अघिको कारबाहीमा जुटेको छ।

उल्लेख्य, अवैध धर्मान्तरण मामिलामा जाँच एजेन्सी सक्रिय छ। उसका निकटतमहरूबारे जानकारी जुटाएर उनीहरूलाई पक्राउ गरिँदैछ। विदेशहरूबाट भइरहेको फण्डिङलाई लिएर पनि ईडीले जाँच तीव्र गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande