हेरोइन तस्करीको आरोपमा जम्मू-कश्मीरका दुई व्यक्ति पक्राउ, 24 ग्राम हेरोइन जफत
हेरोइन तस्करीको आरोपमा जम्मू-कश्मीरका दुई व्यक्ति पक्राउ, 24 ग्राम हेरोइन जफत


कुल्लू, 20 जुलाई (हि.स.)। जिल्ला कुल्लूको पतलीकुहल थाना क्षेत्रमा पुलिसले हेरोइन तस्करीको मामिलामा दुई आरोपीलाई पक्राउ गर्नमा सफलता हासिल गरेको छ। पक्रा परेका दुवै आरोपी जम्मू-कश्मीरका बताइएका छन्।

यो मामिला शनिवार राति त्यस समय अघि आयो जब पुलिस टीम क्षेत्रमा पेट्रोलिङमा थियो। पुलिसले जब शिव बावड़ी एनएच-03, 15 मील पुल नजिक पुग्यो तब त्यहाँ खड़ा दुई व्यक्ति पुलिसलाई देखेर आत्तिए। शंकाको आधारमा पुलिसले उनीहरूको तलाशी लिँदा उनीहरूदेखि 24 ग्राम हेरोइन जफत गरियो।

पुलिस अधीक्षक डा. कार्तिकेयनले जानकारी गराउँदै बताए, आरोपीहरूको पहिचान दिलवाग सिंह (35) पुत्र मनजीत सिंह, निवासी हाउस नम्बर 387/ए, अप्पर बेली छराना, सतवारी अलोरा, जम्मू केन्ट र गुरमीत सिंह (43) पुत्र चन्दा सिंह, निवासी हाउस नम्बर 21, केसी कोलोनी एक्सटेन्शन, त्रिकुटा नगर, जम्मू सिटीको रूपमा गरिएको छ।

पुलिसले दुवै आरोपी विरूद्ध मादक पदार्थ अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ र आगामी जाँच जारी छ। कुल्लू पुलिसद्वारा नशा तस्करी विरूद्ध यो अझ् एक सख्त कारबाही बताइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande