आईसीएमआरले तयार पाऱ्यो मलेरियादेखि बचाउको स्वदेशी टीका, निर्माण छिट्टै शुरू हुने
आईसी


नयाँ दिल्ली, 20 जुलाई (हि.स.)। भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आईसीएमआर) ले एक नयाँ स्वदेशी मलेरिया भ्याक्सीन एडफाल्सीवैक्स तयार गरेको छ। यस भ्याक्सीनलाई आईसीएमआरको क्षेत्रीय चिकित्सा अनुसन्धान केन्द्र, भुवनेश्वर र राष्ट्रिय मलेरिया अनुसन्धान संस्थानले जैव प्रौद्योगिकी विभाग–राष्ट्रिय प्रतिरक्षा संस्थानको सहयोगले विकसित गरेको छ।

एडपाल्सीवैक्स नामक भ्याक्सिनको निर्माणको निम्ति आईसीएमआरले कम्पनीहरूसित आवेदन मागेको छ। आईसीएमआर अनुसार, मलेरियाको नयाँ टीकालाई अहिले एडफाल्सीवैक्स नाम दिइएको छ, जसलाई मलेरिया परजीवी प्लास्मोडियम फाल्सीपेरम विरूद्ध पूर्ण रूपमा प्रभावी पाइएको छ। आरएमआरसीका वैज्ञानिक डा. सुशील सिंहले भने, नयाँ टीकाले मानव संक्रमणलाई रोक्नसक्छ।

एडफाल्सीवैक्समा पीएफएस-230 र पीएफएस48/45 प्रोटीनको एक मिश्रण सामेल छ। यसले संक्रमण रोक्ने मजबूत एन्टीबडी बनाउँछ। यो भ्याक्सीनले न केवल मानवमा संक्रमणदेखि बचाउ गर्नेछ तर मलेरियाको समुदायमा प्रसारलाई पनि कम गर्नेछ। भ्याक्सीनले अहिलेसम्मको प्री-क्लिनिकल परीक्षणमा राम्रो प्रभाव देखाएको छ।

यसको उद्देश्य व्यक्तिगत र सामुदायिक स्तरमा मलेरिया विरूद्ध प्रभावी सुरक्षा प्रदान गर्नु हो। आईसीएमआरले यस तकनीकलाई योग्य संगठनहरू र निर्माताहरूलाई गैर-विशिष्ट लाइसेन्सिङ अन्तर्गत प्रदान गर्नचाहन्छ ताकि यसको उत्पादन र व्यावसायीकरण गर्नसकियोस्। एडफाल्सीवैक्स “मेक इन इण्डिया’ अभियान अन्तर्गत विकसित भइरहेको एक महत्वपूर्ण भ्याक्सीन हो, जसले भविष्यमा मलेरिया उन्मूलनमा अहम भूमिका निभाउनसक्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande