नयाँ दिल्ली, 20 जुलाई (हि.स.)। वर्धमान महावीर मेडिकल कलेज (वीएमएमसी) र सफदरगंज अस्पतालको चिकित्सा टीमले जटिल सर्जरी गरी 10.6 किलो ओजनको गैस्ट्रोइन्टेस्टाइनल स्ट्रोमल ट्यूमरलाई सफलतापूर्वक निकाल्यो। रोगी 8 महिनादेखि यस रोगले पीड़ित थियो। रोगी अस्पताल पेट दुःखाईको शिकायत लिएर पुगेको थियो। जाँचमा डाक्टरहरूको होश तब उड्यो जब थाहा लाग्यो कि उसको पेटमा 10.6 किलोको ट्यूमर थियो। रोगीको स्थिति अत्यन्तै गम्भीर थियो। उसलाई हेर्नसाथ डाक्टरहरूले तुरन्तै अस्पतालमा भर्ती गरी सर्जरी गरे।
सफदरजंग अस्पतालका डाक्टरहरूले बताए, ट्यूबर, जसलाई एक विशाल उदर द्रव्यमानको रूपमा वर्गीकृत गरिएको थियो, रोगीको पेटको सबै भागहरूमा फैलेको थियो र बाहिरी श्रोणि वाहिकाहरूलाई द्विपक्षीय रूपले घेरिहेको थियो, जसबाट दाहिने हाइड्रोनेफ्रोसिस भइऱहेको थियो। यो सर्जरी डा. शिवानी बी. परुथी, निदेशक डा. संदीप बन्सल, डा. चारु भाम्बा एमएस, विभागाध्यक्ष डा. कविता र विभागाध्यक्ष सर्जरी डा. आरके चेजाराको कुशल नेतृत्वमा गरियो, जसमा डा. डीके चेजारा सहित एनेस्थीसिया टीमको सहयोग रह्यो।
ट्यूमरको विशाल आकार पेटका धेरै अंगहरू, ओमेन्टम र ब्लेडर डोमसित व्यापक रूपमा जोड़िएको कारण यस प्रक्रियाको निम्ति असाधारण सर्जिकल विशेषज्ञताको आवश्यकता थियो, जसबाट सर्जिकल प्रक्रियामा यसलाई फेरि तान्नु र सम्हाल्नु अत्यन्तै कठिन भएको थियो। वीएमएमसी र एसजेएचका निदेशक डा. संदीप बन्सलले भने, यो उल्लेखनीय सर्जिकल उपलब्धी वीएमएमसी र सफदरजंग अस्पतालमा सहयोगात्मक चिकित्सा उत्कृष्टताको शिखरको प्रतिनिधित्व गर्दछ।
हिन्दुस्थान समाचार / भवानी थामी