चोरीको मनसायले घरमा पसेका चोरहरूले महिलालाई कुटे
चोरीको मनसायले घरमा पसेका चोरहरूले महिलालाई कुटे


जालौन, 20 जुलाई (हि.स.)। रेन्ढर थाना क्षेत्रमा हिजो राति चोरहरूले दुस्साहसिक घटनालाई अन्जाम दिए। घरमा पसेका चोरहरूले घरमा एक्लो महिलालाई कुटेर घाइते बनाए। जसपछि उनीहरूले घरमा राखेको आभूषण र नगदी लिएर भागे। बिहान भएपछि गाउँलेहरूले महिलालाई घरमा घाइते अवस्थामा देख्दा मामिलाको सूचना पुलिस र परिजनहरूलाई दिए। सूचना पाएपछि पुलिसले महिलालाई उपचारको निम्ति मेडिकल कलेजमा भर्ती गरायो, जहाँ उसको अवस्था गम्भीर बनेको छ।

मामिला रेन्ढर थाना क्षेत्रको ईगुई गाउँको हो। जहाँकी निवासी 65 वर्षीय महिला अभिलाषा घरमा एक्लो थिई। राति उ खाना खाएर सुतिन्। यहीबीच राति आधा दर्जन बदमाश घरमा पसे। तर महिलाले थाहा पाइन्। जसमा बदमाशहरूले महिलाको टाउँको हमला गरी महिलालाई घाइते बनाए। बदमाशहरूले महिलाको गलाबाट चेन पनि खोसे। साथै घरमा राखेको नगदी र आभूषण लिएर भागे। बिहान हुँदा गाउँलेहरूले घरको दैलो खुल्ला देख्दा भित्र गएर हेरे औं महिलालाई घाइते अवस्थामा भेटाए। जसको सूचना पुलिसलाई दिइयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले महिलालाई उपचारको निम्ति मेडिकलमा भर्ती गरायो। जहाँ महिलाका परिजन पनि घटनास्थलमा पुगे। सीओ माधौगढ़ रामसिंहले बताए, बदमाशहरूलाई समाउन तीन टीम जुटाइएको छ। छिट्टै नै मामिलाको खुलासा हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande