गान्तोक, 18 सेप्टेम्बर (हि.स.)। रम्फू चेकपोस्टमा एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्तिको नाम अब्बास अंसारी बताइएको छ। 21 वर्षीय आरोपी लोवर आईबीएम, रम्फू निवासी हुन्।
पुलिस रिपोर्ट अनुसार, गत सोमवार राति रम्फूको पुरानो चेकपोस्टमा अब्बास अंसारीलाई प्रतिबन्धित नशालु पदार्थहरूको साथमा पक्राउ गरियो। आरोपी व्यक्तिबाट 30 बोतल कफ सिरप र 144 वटा विनस्पास्मो फोर्टे क्याप्सुल बरामद गरिएको छ। राजपत्रित अधिकृत र दुई जना स्वतन्त्र साक्षीहरूको उपस्थितिमा प्रतिबन्धित पदार्थहरू जफत गरिएको बताइएको छ।
आरोपी व्यक्ति विरुद्ध साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ। यस सम्बन्धमा जॉंच जारी रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल