
शिमोगा, 09 सेप्टेम्बर (हि.स.)। कर्नाटक राज्यको शिवमोग्गा जिल्लाको भद्रावती नगरमा ईइ ए मिलाद जुलूसमा पाकिस्तान समर्थक नारा लगाइएको भीडियो सोशल मीडियामा भाइरल भएपछि न्यू टाउन पुलिसले स्वतः संज्ञान लिएर मामिला दर्ता गरेको छ। पुलिसले भीडियोलाई फोरेन्सिक ल्याबमा पठाएको छ।
वस्तुतः यस भाइरल भीडियोमा सोमवार राति ईद मिलादको जुलूसमा अम्बेडकर सर्किलमा केही युवकहरूलाई पाकिस्तान जिन्दाबाद जस्ता नारा लगाउँदै गरेको देखिएका छन्। यी भीडियोको सत्यता हाम्रो मीडिया ग्रुपले गर्दैन। यो भीडियो भाइरल भएपछि न्यू टाउन पुलिसले स्वतः संज्ञान लिएर अज्ञात मानिसहरू विरूद्ध मामिला दर्ता गऱ्यो।
यस सम्बन्धमा शिवमोग्गाका पुलिस अधीक्षक जीके मिथुन कुमारले बताए, सोशल मीडियामा 12 सेकेन्डको एउटा भीडियो भाइऱल भएको छ। यस मामिलालाई गम्भीरताले लिइएको छ र मामिला दर्ता गरिएको छ। भीडियोलाई फोरेन्सिक विज्ञान प्रयोगशाला पठाइएको छ। मामिलाको जाँचको निम्ति तीन निरीक्षकको नेतृत्वमा तीन टीम गठन गरिएको छ। आरोपीहरूको पहिचान गरिने प्रयास गरिरहेको छ। जुलूसको आधिकारिक भीडियो रिकर्डिङको पनि समीक्षा गरिँदैछ। यस मामिलामा जिम्मेवार मानिसहरू विरूद्ध कानूनी कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी