नगाउँ जिल्लाको सामगुरी क्षेत्रमा बेवारिसै स्कुटरबाट नगद 27 लाख भेटियो
नगाउँ जिल्लाको सामगुरी क्षेत्रमा बेवारिसै स्कुटरबाट नगद 27 लाख भेटियो


नगाउँ(असम), 12 मार्च (हि.स.)। असमकोआगामी विधानसभा चुनाउपूर्वघटित एक संदिग्ध घटनामानगाउँजिल्लाकोसामागुरीक्षेत्रमा एउटा बेवारिसे स्कुटरबाट 27.17 लाख रुपियाँ नगद भेटिएको छ।

पुलिस सूत्र अनुसारयोनकद राशि एउटाकालोरंगकोस्कुटर (एएस-02आर-8641) भित्र भेटिएको हो।स्कुटरलाईसामागुरी पुलिस स्टेशनकोअधिकार क्षेत्रमापर्नेसलाना-बोरजुरी सड़ककिनारमा राखिएको थियो।

स्थानीयमानिसहरूले सबैभन्दा पहिला सड़क किनारमा गए बुधवार राती एक सुनसान स्थानमा उक्त बेवारिसे स्कुटरलाई देखिएपछि पुलिसलाई सूचना दिइयो। तुरून्तै सामागुरीर सलाना पुलिस स्टेशनकाटीमहरूले घटनास्थलमा पुगेर वाहनबाट पैसा जफत गरे।

पुलिसले बतायो, स्कुटरलाई संदिग्ध रूपमा राखिएको थियो अनि त्यसभित्र नगद राशि पनि राखिएको थियो जसबाट यो प्रश्न उठिरहेको छ कि आखिर यति धेरै रुपियाँ कुनै सुनसान ठाउँमा बेवारिसे अवस्थामा किन छोड़िएको थियो।

पछि रातीपुलिसले नगद राशिको गन्ती गरिसकेपछि पुष्टि गऱ्यो, यो पैसा27,17,880 रुपियाँ छजसलाई अब पुलिसले आफ्नो हिरासतमा लिएको छ। अधिकारीहरूले पैसाको श्रोत र योसित सम्बन्धित व्यक्तिलाई चिन्हित गर्नको लागि जाँच शुरू गरेका छन्।

तथापि पुलिस अधिकारीहरूले यस मामिलामा अहिलेसम्म कुनै आधिकरिक बयन जारी गरेका छैनन्। जाँचकर्ताहरूको भनाइ छ, जति-जति जाँंच अघि बढ़्दै जान्छ, उति-उति खुलासा हुँदै जानेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande