मणिपुरः अपहृत दुईजना मानिसहरूको शव जंगलमा भेटियो
मणिपुरः अपहृत दुईजना मानिसहरूको शव जंगलमा भेटियो


इम्फाल, 12 मार्च (हि.स.)। मणिपुरको कामजोंग जिल्लामा थवाई कुकी नजिकै अवस्थित एक वन क्षेत्रमा बिहीवार बिहान दुईजना मानिसहरूको शव भेटियो। यी मानिसहरूको बारेमा पहिला खबर आएको थियो, उनीहरूलाई अपहरण गरिएको थियो। यस घटनाको कारणले संवेदनशील पहाड़ी क्षेत्रका मानिसहरू भयभित भएका छन्।

मृतकहरूको पहिचान थवाई कुकी गाउँका थेंगिन बाइटे (40) र शांगकाई गाउंका थांगबोइमांग खोंगसाई (35)-को रूपमा भएको छ।

स्थानीय सूत्र अनुसार गए बुधवार कथित रूपमा एक हतियारधारी गुटका संदिग्ध सदस्यहरूले यी दुईजनालाई अपहरण गरेका थिए। त्यसपछि वरपरका वन क्षेत्रमा संचालित खोजी अभियानको क्रममा बिहीवार बिहान यिनीहरूको शव भेटियो। यस घटनापछि कामजोंग र छिमेकी जिल्लाका कतिपय क्षेत्रहरूमा तनाउ बढ़ेको छ जुन पछिल्लो केही महिनादेखिको संवेदनशील रहिआएको छ।

यसबीच शांगकाई गाउँ प्राधिकरणले आरोप लगायो, यो स्थिति गए 11 मार्चको दिन क्षेत्रमा भएका घटनाहरूको एक श्रृङ्खलापछि उत्पन्न भएको हो। गाउँको निकाय अनुसार पानीको पाइपलाइन मरम्मत गर्न गएका दुईजना ग्रामीणहरूलाई कथित रूपमा सोही दिन अपहरण गरिएको थियो।

स्थितिमाथि चिन्ता व्यक्त गर्दै गाउँ प्राधिकरणले मणिपुर सरकार तथा सम्बन्धित अधिकारीहरूसित हस्तक्षेप गरिदिने, स्थानीय मानिसहरूको सुरक्षा सुनिश्चित गर्ने तथा क्षेत्रमा व्याप्त तनाउलाई अझ बढ़्नदेखि रोक्नको लागि कदम उठाउने अपील गरेको छ। अधिकारीहरूले अहिलेसम्म यस घटनाको सम्बन्धमा कुनै आधिकरिक बयान जारी गरेका छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande