हावड़ामा नाबालिकासित अश्लील व्यवहार गरेको आरोप सिभिक भोलन्टियरमाथि, पीड़िताले गरिन् आत्महत्या
हावड़ामा नाबालिकासित अश्लील व्यवहार गरेको आरोप सिभिक भोलन्टियरमाथि, पीड़िताले गरिन् आत्महत्या


कोलकाता, 12 मार्च (हि.स.)। हावड़ामा एकजना किशोरीसित अश्लील व्यवहार गरेको आरोपमा एकजनासिभिकभोलन्टियरलाई पक्राउ गरिएको छ। घटनको जानकारी पुलिसले बिहीवार दिएको हो।

पुलिसका वरिष्ठ अधिकारी अनुसार घटना गए बुधवार हावड़ा ग्रामीण पुलिस जिल्लाको अमता क्षेत्रमा भएको हो। घटनापछि आरोपी सिभिक भोलन्टियरलाई पक्राउ गरियो।

पुलिसले बतायो, किशोरी गत मंगलवार राती आफ्नी आमासित काली पूजाको कार्यक्रममा सामेल हुनको लागि अमता गएकी थिई। त्यस कार्यक्रममा पेनरो थानामा कार्यरत एकजना सिभिक भोलन्टियर पनि उपस्थित थियो। आरोप छ, कार्यक्रम अवधि उसले नाबालिकसित अश्लील व्यवहार गऱ्यो।

घटनापछि कार्यक्रम स्थलमा रड़ाँको मचियो। स्थानीय मानिसहरू त्यहाँ भेला भए। भनिन्छ, घटना बारे खबर फेलिएपछि पीड़िताले आफूलाई अपमानित महसूस गरिरहेकी थिई। घर फर्किने क्रममा पीड़िताले आफ्नी आमालाई सबै कुरा बताई। घरमा आएर उसले खाना खाई अनि सुत्न गई। तर बुधवार बिहान परिवारका सदस्यहरूले उसलाई घरभित्र झुण्डिरहेको देखे। किशोरीले आत्महत्या गरेको समाचार फैलिनसाथ क्षेत्रमा तनाउ व्याप्त भयो। आक्रोशितमानिसहरूले विरोध प्रदर्शन गर्दै आरोपीलाई तुरून्तै पक्राउ गर्ने माग गरे। राती पीड़िताको परिवारद्वारा पेनरो थानाा लिखित सिकायत दर्ता गरिएपछि पुलिसले आरोपीलाई पक्राउ गऱ्यो।

आरोपीविरूद्ध प्रोटेक्शन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्स (पोक्सो) एक्ट, 2012 अन्तर्गत तथा आत्महत्या गर्नको लागि उक्साएको आरोपमा मुद्दा दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande