एसआईआरको विरोधमा एसडीओ कार्यालयमा कंग्रेस कार्यकर्ताहरूको खैलाबैला
एसआईआरको विरोधमा एसडीओ कार्यालयमा कंग्रेस कार्यकर्ताहरूको खैलाबैला


आसनसोल, 12 मार्च (हि.स.)। विशेष गहन पुनरीक्षण (एसआईआर) को विरोधमा बिहीवार कंग्रेस कार्यकर्ताहरूले व्यापक प्रदर्शन गरे। यस अवधि प्रदर्शनकारीहरू पश्चिम बर्दवान जिल्ला अन्तर्गत दुर्गापुरस्थित एसडीओ कार्यालयको गेट भत्काएर भित्र पसे अनि गगनभेदी नाराबाजी गरे।

सूत्र अनुसार योग्य मतदाताहरूको नाम हटाइएको आरोपलाई लिएर महकुमा अधिकारी (एसडीओ) कार्यालय परिसरको स्थिति तनाउपूर्ण भयो। कंग्रेस कार्यकर्ताहरू तथा समर्थकहरूको ठूलो संख्या त्यहाँ पुगेर विरोध प्रदर्शन गर्न शुरू गऱे। यस प्रदर्शनको नेतृत्व जिल्ला कंग्रेस अध्यक्ष देबेश चक्रवर्तीले गरे। उनले आरोप लगाए, भोटर लिस्ट ससोधनको नाममा केही वैध मतदाताहरूको नाम हटाइएको छ।

कंग्रेस अध्यक्ष देबेश चक्रवर्तीको भनाइ छ, लगभग 60 लाख भोटरहरूको नाम अहिले पनि विचाराधिन स्थितिमा छ जसबाट उनीहरूको मतदानको अधिकारमाथि अनिश्चितता उत्पन्न भएको छ। कंग्रेसले माग गरेको छ, यस समस्याको समाधान चाँड़ै गरियोस् अनि नाम हटाइएका योग्य मतदाताहरूको नाम सूचीमा पुनः सामेल गरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande