
हुगली, 03 मार्च (हि.स.)। दोल उत्सवको उत्साहबीच हुगली जिल्लाको गोघाटमा भएको एक सड़क दुर्घटनाले सम्पूर्ण क्षेत्रलाई शोकमा डुबाएको छ। यस दुर्घटनाा दुईजना युवकहरूको घटास्थलमै मृत्यु भयो भने अन्य 12 जना घाइते भए। घाइतेहरूलाई उपचारको निम्ति पहिला कामारपुकुर अस्पताल र पछि गम्भीर अवस्थामा आरामबाग मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरियो जहाँ दुईजना युवकहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
पुलिस सूत्र अनुसार मृतकहरूको पहिचान श्रीमान्त राय (26) र श्रीमान्त भुइँ (27)- को रूपमा भएको छ। दुवै गोघाट थाना अन्तर्गत शाओड़ा क्षेत्रका निवासी थिए।
प्राप्त जानकारी अनुसार उनीहरू एक चार चक्के पिकअप भ्यानमा पश्चिम मेदिनीपुर जिल्लाको तातारपुरदेखि आफ्नो घर फर्किरहेका थिए। गोघाटको हाजिपुरस्थित करपुकुर निकट वाहनले सन्तुलन गुमाएको कारणले सड़क किनारको एउटा रूखसित ठोक्कियो। यस भयानक ठक्करमा वाहन पूर्ण रूपले क्षतिग्रस्त भएको छ। स्थानीय मानिसहरूले राहत-बचाउ कार्य शुरू गरे अनि पुलिसलाई सूचना दिए। घटनास्थलमा पुगेको गोघाट थाना पुलिसले सबै घाइतेहरूलाई कामारपुकुर अस्पताल पुऱ्याए जहाँ डाक्टरहरूले श्रीमान्त राय र श्रीमान्त भुइँलाई मृत घोषित गरिदिए।
घाइतेहरूमध्ये कतिपयको स्थिति गम्भीर रहेको कारण उनीहरूलाई आरामबाग मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो। तथापि कामारपुकुर अस्पतालबाट रेफर गरिएको भए पनि समयमा एम्बुलेन्स नआएको कारणले क्षेत्रमा कोकोहोलो मचियो। यसबीच दुर्घटनाको खबर पाउनसाथ मृतक तथा घाइतेहरूको परिवार अस्पतालमा आइपुगे।
उल्लेखनीय छ, योभन्दा एक रात अगाड़ि मात्र चन्द्रकोणामा भएको सड़क दुर्घटनामा दुईजना पुलिसकर्मीहरूको मृत्यु भएको थियो। लगातार भइरहेको यस्ता दुर्घटनाहरूले चाड़-पर्वको बेलामा सड़क सुरक्षा अनि आपतकालीन स्वास्थ्य सेवाका तयारीहरूमाथि गम्भीर प्रश्न उठिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा