
हुगली, 03 मार्च (हि. स.)। तारकेश्वरमा रंगहरूको पर्वको खुसी एक पीड़ादायी दुर्घटनामा परिणत भएको छ। होली खेलेपछि साथीहरूसित तलाउमा नुहाउन पसेको दशौं कक्षाको छात्र अचानक पानीमा डुबेर बेपत्ता भएको छ। डुबेको नाबालिक छात्रको नाम चञ्चल घोष हो। यो समाचार लेखुञ्जेलसम्म उसको कुनै सुइँको लागेको थिएन। प्रशासनले लगातार खोजी कार्यलाई जारी राखेको थियो।
प्राप्त जानकारी अनुसार मंगलवार अपरान्ह 12 बजे चञ्चल घोष नामक नाबालिक छात्र होली खेलेपछि आफ्ना साथीहरूसित तारकेश्वर मन्दिरको प्रसिद्ध दुध पुकुरमा स्नान गर्न गएको थियो। चञ्चल सहित उसका सबै साथीहरू तारकेश्वरको भाँजीपुर गाउँका निवासी हुन् र भाँजीपुर देशबन्धु विद्या निकेतन स्कूलको दशौं कक्षाको छात्र रहेको बताइएको छ।
प्रत्यक्षदर्शीहरू अनुसार स्नान गर्ने क्रममा अचानक चञ्चल तलाउको गहिरो भागमा पुग्यो अनि हेर्दा-हेर्दै पानीमा डुब्यो। घटनाको खबर फैलिनसाथ स्थानीय मानिसहरू तुरून्तै तलाउमा पसेर उसलाई खोज्न जुटे। पछि गोताखोरहरूलाई पनि खोजी कार्मा लगाइयो, तर 3-4 घण्टासम्म खोजे पनि बेपत्ता छात्रको बारेमा पत्तो लाग्न सकेन।
घटनाको सूचना पाउनसाथ तारकेश्वर थाना पुलिस घटनास्थलमा पुग्यो। पुलिसले बतायो, चन्दननगरदेखि विशेष गोताखोरहरूलाई बोलाइएको छ।खोजी अभियान लकातार जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा