होलीले सत्य र नैतिकताको सदैव जित हुन्छ भन्ने स्मरण गराउॅंछ: राज्यपाल
om prakash mathur


गान्तोक, 03 मार्च (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले राज्यवासीहरूलाई होली पर्वको हार्दिक शुभकामना प्रेषित गर्दै होली पर्वले हामीलाई एकअर्काप्रति प्रेम, सद्भावना र सम्मान बढ़ाउन सुन्दर अवसर प्रदान गर्दछ भनेका छन्।

राज्यपालले आफ्नो सन्देशमा भने, 'होलीको पर्व नराम्रोमाथि राम्रोको जितको प्रतीक हो। यसले हामीलाई सत्य र नैतिकताको सदैव जित हुन्छ भन्ने स्मरण गराउॅंछ। हाम्रो राज्य, जहॉं विविधतामा एकताको भावना प्रबल छ, मा होलीको पर्वले हामीलाई एक अर्काप्रति प्रेम, सद्भावना र सम्मान बढ़ाउने सुन्दर अवसर प्रदान गर्दछ।'

राज्यपालले यस पावन पर्वलाई आत्मीयता र सद्भावका साथ मनौं र आपसी सम्बन्धलाई अझ धेरै बलियो बनौं भनी आह्वान गरेका छन्। उनले रंगोत्सवले सबैको जीवनमा उत्साह, उमंग र खुशीको रंग भरिदियोस् र सबैलाई आरोग्य, समृद्धि एवं यशस्वी जीवन प्रदान गरोस् भनी कामना पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande