घैयाबारीको ड्याब जोवियल अकादमीमा मदर्श डे पालन, आमाहरु सम्मानित
Mother felicitation


खरसाङ, 24 मई (हि.स.)। खरसाङ महकुमा अन्तर्गत घैयाबारीको ड्याब जोवियल अकादमीमा मदर्श डे पालनसॅंगै विद्यार्थीहरुका आमाहरुलाई स्कूलको तर्फबाट सम्मान जनाइयो। नानीहरुप्रति आमाको माया, स्नेह र सामर्थ्यका लागि सम्मान जनाइयो।

केही समय अघि नै मदर्श डे भए पनि स्कूलमा आज पालन मदर्श डे पालन गरियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङकी इशा लेप्चा उपस्थित भने अतिथिको रुपमा पत्रकार हनोक थापा उपस्थित रहेका थिए। विद्यार्थीद्वय अदिति प्रधान र निम छिरिङ शेर्पाले सञ्चालन गरेको कार्यक्रममा प्ले नर्सरीदेखि दशौं श्रेणीसम्मका विद्यार्थीहरुका आमाहरुलाई स्कूलको तर्फबाट सम्मान जनाइयो।

यस अवसरमा शिक्षक शिक्षिकाहरुको मार्गदर्शनमा विद्यार्थीहरुले आमाहरुलाई समर्पित गर्दै विभिन्न कार्यक्रमहरु प्रस्तुत गरे। विद्यार्थीहरुले समूहमा गीत, नृत्य, गिटारमा सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा प्रमुख अतिथि इशा लेप्चा र अतिथि हनोक थापालाई पनि स्कूलको तर्फबाट सम्मान जनाइएको थियो।

प्रमुख अतिथि लेप्चाले आफ्नो सम्बोधनमा स्कूलले गरेको प्रगति, विद्यार्थीहरुको प्रस्तुतिको प्रशंसा गरिन्। उनले आमाहरुलाई सम्बोधन गर्दै नानीहरुलाई फोनको लतबाट टाडा राख्नु पर्ने र नानीहरुलाई अधिक केयर गर्नु पर्ने बताइन्। उनले चाइल्ड राइट र आमाहरुको भूमिका विषयमा पनि प्रकाश पारिन्।

कार्यक्रममा ड्याब जोवियल अकादमीका प्राचार्य देवजीत मजुमदारले धन्यवाद ज्ञापन गर्दै स्कूलको तर्फबाट प्रत्येक वर्ष मदर्श डे पालन गर्ने गरिएको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande