प्रधानमन्त्री मोदी आज गुजरात र दमनमा, दिउँसो ढाई बजी पुग्नेछन् सूरतको हजीरा
पीएम


नयाँ दिल्ली, 05 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी आज गुजरात र दमनको भ्रमणमा जाने कार्यक्रम छ। लगभग 2.30 बजी उनले गुजरातको सूरत जिल्लाको हजीरामा चलिरहेका औद्योगिक गतिविधिहरू र पूर्वाधार परियोजनाहरूको समीक्षा गर्नेछन्। लगभग 4.15 बजी उनले सूरतमा लगभग 18,800 करोड़ रुपियाँ बराबरका विभिन्न विकास परियोजनाहरूको उद्घाटन र राष्ट्रलाई समर्पित गर्नेछन्। आधिकारिक विज्ञप्ति अनुसार, उनले यस अवसरमा सभालाई पनि सम्बोधन गर्नेछन्।

सरकारी विज्ञप्ति अनुसार, प्रधानमन्त्री त्यसपछि दमनको लागि प्रस्थान गर्नेछन्। उनले लगभग साँझ 6.15 बजी दमनमा नमो विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नेछन्। त्यसपछि उनले दमनमा नमो अस्पताल राष्ट्रलाई समर्पित गर्नेछन्। लगभग साँझ 7.15 बजी प्रधानमन्त्रीले लगभग 2,970 करोड़ रूपियाँ बराबरका विभिन्न विकास परियोजनाहरूको उद्घाटन, समर्पण र शिलान्यास गर्नेछन्। उनले केन्द्र शासित प्रदेश लक्षद्वीपको लागि लगभग 885 करोड़ बराबरका चार वटा महत्त्वपूर्ण परियोजनाहरूको शिलान्यास पनि गर्नेछन्। यस अवसरमा उनले जनसमूहलाई सम्बोधन पनि गर्नेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande