गायक-गायिका, सङ्गीतकार र वाद्य वादकहरुलाई लिएर भारतीय नेपाली सङ्गीत महासंघको गठन
गायक गायिकाहरु, संगीतकारहरु र वाद्य वादकहरुलाई लिएर भारतीय नेपाली संगीत महासंघको गठन


सालबारी, 09 जून (हि.स.)। गायक महेश सेवाको आह्वानमा दार्जिलिङ पहाड र तराई डुवर्सका सङ्गीतकारहरु, गायक-गायिकाहरु साथै वाद्य वादकहरुलाई लिएर एक सभा आज सालबारीको सेवा समाज भवनमा सम्पन्न भयो। उक्त सभामा सबै अग्रज सङ्गीतकारहरुको सल्लाह र सुझाउ अनुसार सर्वसहमतिद्वारा एउटा सङ्गठनको स्थापना गरिएको छ।

उक्त संगठनको नाम भारतीय नेपाली सङ्गीत महासंघ राखिएको छ। सभामा उक्त महासंघको कमिटी पनि गठन गरिएको छ। कमिटीमा सभापति गायक महेश सेवा, उप सभापति कर्म शेर्पा र रञ्जिता सुनार, महासचिव रुपेस रसाइली, सह सचिव सुमन लकान्द्री, कोषाध्यक्ष कर्म ग्याल्छेन, सल्लाहकारहरु बरुण रसाइली, उत्तम बम्जन, बिजय थापा, उमेश रोका, महेश्वर लामा तथा प्रचार प्रसारमा युवराज सुन्दास रहेका छन्।

भारतीय नेपाली सङ्गीत महासंघ दार्जिलिङ पहाड, तराई र डुवर्सका विभिन्न स्थानहरुमा सञ्चालनका लागि संयोजकहरु चयन गरिएका छन्। जसमा दार्जिलिङका लागि राजु राई, अजय राई, खरसाङका लागि कर्म मोक्तान, सिलगढी तराईका लागि समीर शर्मा, डुवर्सका लागि पुष्पन प्रधान र उमेश रोका सामेल छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande