सोनादाको गैरीगाउँ नयाँ कमान निवासी हवल्दार विशाल तामाङको निधन
विशाल तामाङ


सोनादा, 09 जून (हि.स.)। भारतीय सेनाको 6/11 जीआरका एक जवान तथा सोनादाको स्थानीय गैरीगाउँ नयाँ कमान निवासी हवल्दार विशाल तामाङको पार्थिव शरीर निजी बासस्थान गैरीगाउँ नयाँ कमान ल्याइपुऱ्याइएको छ। उनको अन्तिम संस्कार बुधबार विहान 10 बजी सम्पन्न हुने भएको छ।

43 वर्षीय हवल्दार विशाल तामाङको मुगल सरायमा आफ्नो ड्युटी अवधि गत 7 जूनको दिनमा निधन भएको थियो। दिवङ्गत विशालले आफूपछि पत्नी, आमा बाबा,एक छोरा एक छोरी साथै दुई दाजुभाइ छोडेर गएका छन्। देश रक्षक मात्र होइन गाउँ घरमा पनि उतिकै मिलनसार विशाल तामाङको यश आकस्मिक निधनले सम्पूर्ण क्षेत्र नै शोकाकुल बनेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande