
काठमाडौँ, 0७ जुलाई (हि.स.)। नेपालको मनी लन्ड्रिङ अनुसन्धान विभागले कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाका छोरा जयवीर देउबालाई आयभन्दा बढी सम्पत्ति (मनी लन्ड्रिङ) सम्बन्धी अनुसन्धानका क्रममा सात दिनभित्र विभागमा उपस्थित हुन सूचना जारी गरेको छ।
सूचनामा अनुसन्धानका क्रममा केही महत्वपूर्ण विषयमा स्पष्टीकरण तथा जानकारी आवश्यक भएकाले सूचना प्राप्त भएको मितिले सात दिनभित्र विभागसमक्ष उपस्थित हुन भनिएको छ। उक्त सूचना देउबा परिवारको बुढानीलकण्ठस्थित निवासमा टाँसिएको छ।
यसअघि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउबा तथा उनकी पत्नी आरजू राणा देउबालाई पनि सोधपुछका लागि बोलाइसकेको छ। तर, आरजु राणा देउबाले विभागलाई साउन महिनाको अन्त्यसम्म उपस्थित भई आवश्यक जानकारी र स्पष्टीकरण दिने जानकारी गराएकी छन्।
हिन्दुस्थान समाचार / बिशाल