
गुवाहाटी, 2 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार भने, काजीरङ्गा राष्ट्रिय उद्यानको सुरक्षाको लागि यसको वरिपरी इको-सेन्सेटिभ जोन (ईएसजेड) बनाउनुपर्छ। उनले भने, काजीरङ्गाको संरक्षण इन्स्टाग्राममा पोस्ट गर्नाले होइन, धरातलमा ठोस प्रयास गर्नाले हुनेछ। बुधवार एक कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गर्दै मुख्यमन्त्रीले उक्त मन्तव्य व्यक्त गरेका हुन्।
कङ्ग्रेसलाई लक्षित गर्दै मुख्यमन्त्रीले भने, कङ्ग्रेस काजीरङ्गाको बारेमा बोल्ने कुनै अधिकार छैन। उनले भने, कङ्ग्रेसले काजीरङ्गाको कुरा गर्नु छ भने त्यसपछि आफ्नो व्यवहारमाथि विचार गर्नुपर्छ।
उनले भने, कङ्ग्रेस सांसद गौरव गोगोईले काजीरङ्गाको सुरक्षा गर्न सक्दैनन्। किनभने काजीरङ्गाक संरक्षण स्थानीय मानिसहरूलाई साथमा लिएर मात्र गर्न सकिन्छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, काजीरङ्गाको सुरक्षा र संरक्षणमा स्थानीय जनताको सहभागिता सबैभन्दा महत्वपूर्ण छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा