राजगढ़, 1 अक्टोबर (हि.स.)। माचलपुर थाना क्षेत्रको लोधा टोलमा घरभित्रै 70 वर्षीय लकवाग्रस्त महिलाको रगताम्मे अवस्थामा शव भेटियो। महिलाको शिरमा गहिरो चोटको निशान पाइएको छ। पुलिसले बुधवार पोस्टमर्टम गरेपछि शवलाई परिवारकहाँ सुम्पिदियो अनि प्रथम दृष्टया हत्याको मामिला मानेर जाँच शुरू गरिएको छ।पुलिस अनुसार मंगलवार-बुधवारको राती लोधा टोलस्थित घरमा 70 वर्षीय सरदारबाई पत्नी भँवरलालको रगत्तामा शव भेटियो जसको टाउकोमा चोटको निशान पाइएको छ। भनिन्छ, महिला विगत पाँच वर्षदेखिकै थला परेकी थिइन् अनि तिनका पतिले श्रमिकको काम गरेर जीवन यापन गरिरहेका छन्। घटना हुँदा महिलाका पति आफ्नी छोरी जमुनासित गरबा हेर्न गएका थिए। घटनाको सूचना पाएर पुलिस टीम, डग स्क्वायड तथा फोरेन्सिक टीम घटनास्थलमा पुगेर जाँचमा जुटे। पुलिसले मामिलाको विभिन्न कोणबाट जाँच गरिरहेको छ। पुलिसले मामिलालाई हत्या मान्दै अज्ञातविरूद्ध मुद्दा दर्ता गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा