जयपुर, 1 अक्टोबर (हि.स.)। मुख्यमन्त्री भजनलाल शर्माले 2 अक्टोबरमा राष्ट्रपिता महात्मा गान्धीको जयन्ती तथा पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीको जयन्तीमा राज्यवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्। मुख्यमन्त्रीले भने, गान्धीजीको जीवन न्याय, करूणा, प्रेम, सत्य औ अहिंसाको लागि समर्पित थियो।
उनले विश्वलाई शोषण तथा अत्याचारविरूद्ध संगठित भएर सामाजिक समरसताको मार्गमा हिँड़्न सिकाए। उनले भने, सत्याग्रह एवं सर्वोदय जस्तो गान्धीजीको विचार आज पनि प्रासंगिक छ अनि समाजलाई जागृत गरेर युवा पिँढ़ीलाई सही दिशा दिनमा प्रेरणादायी छ।
शर्माले भने, पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीको जीवन सामान्य अनि राष्ट्रप्रति समर्पणको अद्भुत उदाहरण थियो। उनको जय जवान जय किसानको उद्घोषले देशभरि नै भर्चा सञ्चार गरेको थियो। उनको जीवन हामी सबैको लागि प्रेरणाको श्रोत हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा