कमर्शियल ग्यास सिलिण्डर १६ रुपियाँसम्म महँगो, नयाँ मूल्य लागू
कमर्शियल ग्यास सिलिण्डर १६ रुपियाँसम्म महँगो, नयाँ मूल्य लागू


नयाँ दिल्‍ली, 01 अक्‍टूबर (हि.स)।चाडपर्वको मौसममा ग्यास सिलिण्डरको मूल्य बढेको छ। सार्वजनिक क्षेत्रका तेल र ग्यास कम्पनीहरूले १९ केजीको कमर्शियल एलपीजी सिलिण्डरको मूल्य १६ रुपियाँले बढाएका छन्।यद्यपि, घरेलु ग्यास सिलिण्डरको मूल्यमा कुनै परिवर्तन गरिएको छैन। नयाँ दरहरू बुधवारदेखि लागू भएकाे छ। इन्डियन आयलको वेबसाइट अनुसार, राजधानी नयाँ दिल्लीमा १९ किलोग्रामको कमर्शियल एलपीजी सिलिण्डरको मूल्य १५ रुपियाँले वृद्धि भएर १५८० रुपियाँबाट १५९५ रुपियाँ पुगेको छ। कोलकातामा यो सिलिण्डर १६ रुपियाँ महँगो भएर अहिले १७०० रुपियाँमा उपलब्ध छ।

त्यसैगरी १९ किलोग्रामको कमर्शियल ग्यास सिलिण्डरको मूल्य अहिले मुम्बईमा १६ रुपियाँ बढेर १५४७ रुपियाँ र चेन्नईमा १६ रुपैयाँ बढेर १७५४ रुपियाँमा पाइन्छ।यद्यपि, १४.२ किलोग्रामको घरेलु भान्साको ग्यास सिलिण्डरको मूल्यमा कुनै परिवर्तन गरिएको छैन। यो सिलिण्डर दिल्लीमा ८५३ रुपियाँ, कोलकाता ८७९ रुपियाँ, मुम्बई ८५२.५० रुपियाँ र चेन्नई ८६८.५० रुपैयाँमा पाइरहेको छ।

उल्लेखनीय छ, कमर्शियल ग्यास सिलिण्डरको मूल्य वृद्धिले होटल, रेस्टुरेन्ट र साना व्यवसायीहरूको खर्चमा प्रभाव पार्न सक्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande