राँची, 01 अक्टोबर (हि.स.)। झारखण्डको राजधानी राँचीमा दुर्गा पूजालाई शान्तिपूर्ण अनि सुरक्षित ढंगमा सम्पन्न गराउने उदेश्यले जिल्ला पुलिस अलर्ट मोडमा छ। यसै क्रममा गए मंगलवार अबेर राती एसएसपी राकेश रञ्जनले अचानक शहरका प्रमुख दुर्गा पूजा पण्डालहरूको पैदल हिँड़ेरै निरीक्षण गरे भने सुरक्षा व्यवस्थाको पनि जायजा लिए। एसएसपीसित सिटी एसपी पारस रामा, कोतवाली डीएसपी प्रकाश सोए, सिटी डीएसपी केवी रमण सहित केही पुलिस पदाधिकारी र जवानहरू सामेल थिए।
निरीक्षण अवधि एसएसपी राकेश रञ्जनले पण्डाल वरपरको सुरक्षा व्यवस्था, सीसीटीभी क्यामराको कार्यप्रणाली तथा यातायात नियन्त्रणका उपायहरूको ध्यानपूर्वक जाँच गरे। विशेष गरी भीड़भाड़ हुने संवेदनशील क्षेत्रहरूमा सुरक्षाक मानदण्डहरूलाई सुनिश्चित गर्नेमाथि बल दिइयो। एसएसपीले विभिन्न पूजा समितिका पदाधिकारीहरूसित बातचित गर्दै निर्देश दिए, जिल्ला प्रशासनद्वारा दुर्गा पूजाको निम्ति जारी दिशानिर्देशहरूलाई कड़ाईपूर्वक पालन गर्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा