इटानगर, 01 अक्टोबर (हि.स.)। अरुणाचल प्रदेशको तिरप जिल्लामा ठूलो पैह्राेमा परी दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्। अरुणाचल प्रदेशको तिरप जिल्लाको खोंसा शहरसँगै रहेको लापनन गाउँमा आज बिहान करिब ११:३० बजे पैह्राे गएको हो।
विगत दुई दिनदेखि राज्यका विभिन्न भागहरूमा अविरल वर्षा भइरहेको छ। लापनन गाउँमा पहाडको फेदमा पाँच जना मजदुर काम गरिरहेका थिए, अचानक पहाडबाट माटो खस्न थाल्यो र पाँच जना मजदुर पुरिए। विपत्तिको जानकारी पाएपछि, खोंसास्थित असम राइफल्स बटालियन मुख्यालयबाट सेना र र्यापिड रेस्पोन्स टोली तुरुन्तै घटनास्थलमा पुगे। टोलीहरूले खतरनाक अवस्थामा उद्धार कार्य गरे।
स्थानीय गाउँलेहरूको सहयोगमा उद्घार कार्य गरियाे र पाँच जना मजदुरहरूलाई बाहिर निकालियाे। उनीहरूलाई एम्बुलेन्सबाट खोंसा जिल्ला अस्पताल लगियो। तीमध्ये दुई जनालाई मृत घोषित गरियो, र तीन जना घाइतेहरूलाई अस्पताल भर्ना गरियो र ड्युटीमा रहेका डाक्टरहरूले आवश्यक उपचार सुरु गरे। घाइतेहरूको अवस्था स्थिर रहेको बताइएको छ।
------------------
हिन्दुस्थान समाचार / बिशाल