गान्तोक, 01 अक्टोबर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले बडा दशैंको पावन पर्वमा सबै नागरिकहरूलाई शुभकामना दिएका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, देशवासी र सिक्किमवासीहरूलाई बडा दशैंको हार्दिक शुभकामना। यो पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अर्धमाथि धर्मको जीतको प्रतीक हो। यस पर्वले हामीलाई संकल्प शुद्ध छ भने हरेक वाधामाथि विजय सम्भव छ भन्ने कुरा स्मरण गराउॅंछ।
राज्यपालले सिक्किमको सांस्कृतिक विविधता यसको विशिष्ट पहिचान रहेको बताउॅंदै यहॉं सबै समुदाय आफ्नो संस्कृतिको पालन श्रद्धा र हर्षोल्लासका साथ गर्छन् भनी बताएका छन्। उनले सबै मिलेर एउटा यस्तो समाजको निर्माण गर्न आह्वान गरेका छन्, जहॉं भलाई, करुणा र समरताको वास होस्। उनले हामीभित्रका नराम्रा कुराहरूलाई पराजित गरेर एउटा अझ उज्जवल र समृद्ध सिक्किम निर्माण गर्न आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल