गान्तोक, 01 अक्टोबर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले राष्ट्रपिता महात्मा गॉंधी एवं भारतका पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीको जयन्तीमा सबै नागरिकहरूमा शुभकामना व्यक्त गरेका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, महात्मा गॉंधीजीको जीवन सत्य, अहिंसा र सेवाको प्रेरणा हो। उहॉंले हामीलाई स्वच्छता, सादगी र आत्मानुशासन केवल व्यक्तिगत मूल्य नभई सामाजिक परिवर्तनको सशक्त साधन हो भन्ने सिकाए। सेवा पखवडा अन्तर्गत यस दिनले हामीलाई विचारहरू व्यवहारमा ल्याउने अवसर प्रदान गर्दछ। सिक्किमवासी गॉंधीजीका सिद्धान्तहरूलाई अपनाएर एक स्वच्छ, समरस र संवेदनशील समाजको दिशामा अग्रसर छन्।
राज्यपालले भारतका पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीको स्मरण गर्दै भने, लाल बहादुर शास्त्रीजीको जीवन सादगी, इमानदारी र राष्ट्रसेवाको आदर्श हो। उहॉंको नारा 'जय जवान, जय किसान' ले आज पनि देशलाई प्रेरित गरिरहेको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीको विकसित भारत @2047 का संकल्प, गॉंधीजी र शास्त्रजीका विचारहरूको दिशामा हाम्रा नैतिक पथप्रदर्शक हुन्।
राज्यपालले सेवा, सत्य, सादगी र आत्मनिर्भतरलाई आफ्नो जीवनमा अपनाएर एउटा यस्तो भारतको निर्माणको संकल्प लिन आह्वान गरेका छन्, जुन प्राविधिक र आर्थिक दृष्टिले मात्र समृद्ध नभएर यी महान विभूतिहरूका आदर्शनहरूलाई पनि आत्मसात गरेर अझ धेरै उज्जवल, स्वच्छ र समरस भारत र सिक्किम निर्माणमा सहभागी बनुन् भनी आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल