शान्तिकुञ्जका साधकहरूले गंगा सफाईमा पसिना बगाए
शान्तिकुञ्जका साधकहरूले गंगा सफाईमा पसिना बगाए


हरिद्वार, 1 अक्टोबर (हि.स.)।

शान्तिकुञ्जका सयकड़ौं साधकहरूले आफ्नो नवरात्रि साधना अनुष्ठानको पूर्णहुति उपरान्त गंगा सफाईको निम्ति सेवा कार्यमा भाग लिए। साधकहरूले भागीरथी बिन्दुमा अवस्थित घाट नम्बर 1 देखि लिएर 20सम्मको क्षेत्रलाई सात सेक्टरमा विभाजन गरी व्यापक सफाई अभियान संचालन गरे। यो अभियान भारत सरकारको स्वच्छ भारत अभियान अन्तर्गत आयोजना गरिएको हो।

यस सेवा कार्यमा दुई वर्षका बालकदेखि लिएर 85 वर्षीय युवा हृदय साधकहरूसम्मले तन-मन-धनले सामेल भएर गंगा माँको सेवामा पसिना बगाए। सबैले मैला-कुचैलालाई मोती जस्तै चुनेर एकत्र गरे। यस अवधि निकालिएको कैयौं टन मैला कुचैलालाई नगरनिगम हरिद्वारको सहयोगमा निस्तारणहेतू पठाइयो।

शांतिकुञ्ज अधिष्ठात्री शैलदिदीले आफ्नो सन्देशमा भनिन्, यो सफाई अभियान पर्यावरण संरक्षण तथा जनजागरूकताको दिशामा एक महत्वपूर्ण प्रयास हो। यो अभियान सफाईसँगसँगै आस्था अनि कर्तव्यको पनि प्रतीक हो। शान्तिकुञ्ज व्यवस्थापक योगेन्द्र गिरीले भने, सबैजनाले गंगालाई स्वच्छ राख्नमा आफ्नो जिम्मेवारीलाई बुझेर सक्रिय भूमिका निर्वाह गरौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande