कोलकाता, 01 अक्टोबर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार भारतका प्रख्यात चिकित्सक एवं चिकित्सा शिक्षाको क्षेत्रमा ऐतिहासिक योगदान दिने डा. नीलरत्न सरकारको जयन्तीमा उनलाई आफ्नो श्रद्धाञ्जली अर्पित गरेका छन्।
मुख्यमन्त्रीले सोशल मिडिया एक्समा लेखिन्, डा. नीलरत्न सरकार भारतीय चिकित्सा जगतका एक उज्जवल नक्षत्र थिए र उनको स्मृतिले सदैव प्रेरणा दिन्छ। डा. नीलरतन सरकार (1861-1943) चिकित्सा शिक्षालाई नयॉं उचाई प्रदान गर्नुका साथै जनसाधारणसम्म स्वास्थ्य सुविधाहरू पुऱ्याउन अग्रणी भूमिका निर्वाह गरे। उहॉंको प्रेरणाले चिकित्सा स्वास्थ्यलाई नयॉं दिशा प्राप्त भयो र उहॉंले सामाजिक सरोकारसॅंग सम्बन्धित कार्यहरूमा पनि उल्लेखनीय योगदान दिए।
उनको स्मृतिमा कोलकाताको प्रसिद्ध नीलरत्न सरकार मेडिकल कलेज एण्ड हस्पिटल आज पनि चिकित्सा क्षेत्रमा उत्कृष्ट सेवाको प्रतीक मानिन्छ।
हिन्दुस्थान समाचार / बिशाल