उत्तर बंगालका बाढ़ी अनि पैह्रोग्रस्त क्षेत्रहरूमा मृत्युको सिलसिला थामियो, स्थिति सामान्य हुने दिशातर्फ
उत्तर बंगालका बाढ़ी अनि पैह्रोग्रस्त क्षेत्रहरूमा मृत्युको सिलसिला थामियो, स्थिति सामान्य हुने दिशातर्फ


कोलकाता, 10 अक्टोबर (हि.स.)। उत्तर बंगालका बाढ़ी औ पैह्रो प्रभावित पार्वतीय क्षेत्रहरूमा पछिल्लो 24 घण्टाको अवधिमा स्थितिमा सुधार आएको छ। यस अवधि कसैको पनि मृत्यु भएको सूचना प्राप्त भएको छैन। राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) र दार्जीलिङ एवं जलपाईगुड़ी जिल्ला प्रशासनद्वारा संकलित आँकड़ा अनुसार गए बिहीवार बिहानसम्ममा मृतकहरूको मोठ संख्या 39 पुगेको थियो जुन शुक्रवार बिहानसम्म पनि अपरिवर्रित रह्यो।

बितेको 24 घण्टाभित्रमा आवश्यक बुनियादी ढाँचाहरूलाई बहाल गर्ने कार्य द्रूत गतिमा भइरहेको छ। पार्वतीय सड़कहरूको मरम्मत भएकोले आवत-जावतमा सुधार भए पनि पूर्ण रूपले भएको छैन। अधिकांश क्षेत्रहरूमा बिजुली आपूर्ति पनि आंशिक रूपमा बहाल भएको छ।

यद्यपि अहिलेसम्म यो स्पष्ट हुन सकेको छैन कि पार्वतीय क्षेत्रमा अवस्थित स्कूलहरूमा सामान्य शैक्षणिक गतिविधि कहिलेदेखि शुरू हुनेछ, किनभने बाढ़ी र पैह्रोले अधिकांश शिक्षण संस्थानहरूलाई व्यापक क्षति पुऱ्याएको छ। प्रारम्भिक अनुमान अनुसार दार्जीलिङ, कालेबुङ र खरसाङका 18 वटा विद्यालयहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

मुख्यमन्त्री ममता ब्यानर्जी आगामी 13 अक्टोबरको दिन एक पटक फेरि उत्तर बंगाल भ्रमणमा आइरहेकी छन्। यसपालि उनको कार्यक्रम पहाड़ी क्षेत्रहरूसम्म मात्र सीमित रहनेछ। यसको अघिल्लो सप्ताहको शुरूआतमा उनले उत्तर बंगालका मैदानी भागहरूको दौड़ाह गरेकी थिइन्।

राज्य सम्पत्तिलाई पुगेको क्षय-क्षतिको प्रारम्भिक अनुमानन 10.62 करोड़ रुपियाँ रहेको छ। यद्यपि यो अस्थायी आँकड़ा हो, किनभने दार्जीलिङ र कालेबुङ जिल्लामा सार्वजनिक सम्पत्तिलाई पुगेको क्षतिको अन्तिम आँकड़ा केही समयपछि मात्र प्राप्त हुनेछ। जलपाईगुड़ी अनि अलिपुरद्वार जिल्ला (तराई-डुवर्स क्षेत्र)-मा भएको नोक्सानको मूल्यांकन गर्ने कार्य अहिले पनि जारी छ।

जिल्ला प्रशासनको रिपोर्ट अनुसार दार्जीलिङ तथा कालेबुङमा सड़क, पुल, जलाशय आदि क्षतिग्रस्त भएकाले सर्वाधिक नोक्सान भएको छ। पार्वतीय क्षेत्रहरूमा पेदोंग, लाभा, गोरूबथान र कालेबुङ ब्लकका सड़कहरूलाई ठूलो क्षति पुगेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande